गुल्मीमै पहिलो पटक सुरु भयो मालिका प्याराग्लाइडिङ महोत्सव



फागुन १३ ।

केहि समय अघि प्याराग्लाइडिङको सफल परिक्षण गरेको मालिका गाउँपालिकाले अन्नत ः आज देखी विधिवत रुपमा मालिका प्याराग्लाइडिङ महोत्सवको उद्धघाटन गरेको छ ।

गुल्मी जिल्लामै पहिलो पटक मालिका गाउँपालिकाको स्रकियतामा मालिका प्याराग्लाइडिङ महोत्सव २०७७ सुरु भएको हो ।मालिका गाउँपालिकाको आर्थीक सहयोग र अर्खबाङ बजार व्यवस्थापन समितिको सहकार्यमा महोत्सव सुरु भएको हो ।
मालिका गाउँपालिकाको पर्यटन प्रर्वद्धनमा टेवा पुराउने उदेश्यले प्याराग्लाइडिङ महोत्सवको आयोजना गरिएको बताईएको छ ।

फागुन १२ गते देखि महोत्सव सुरु गर्ने भनिएतापनि केही प्राविधिक समस्याका कारण एक दिन ढिलो गरी आज देखी महोत्सव सुरु भएको हो ।
गाउँपालिकाको वडा नम्वर चार देउराली डाडा बाट प्याराग्लाइडिङको उडान गरिएको छ । भने वडा नम्वर आठ सिमलटारीमा अवतरण गर्ने व्यवस्था मिलाइएको छ ।
साथै प्याराग्लाइडिङ उडानको लागी प्रतिव्याक्ती दुई हजार तोकीएको छ ।
प्याराग्लाइडिङ बाट मालिका गाउँपालिका संगै छिमेकी स्थानीय तहका पर्यटकीय संगै धार्मीक स्थलको दृश्यावलोकन गर्ने सकिने छ । प्याराग्लाइडिङ महोत्सव आउँदो फागुन २७ गते सम्म चल्नेछ ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता