गुल्मीमा १० जना सवार जीप दुर्घटना, ४ जनाको घटनास्थलमै मृत्यु



गुल्मी । गुल्मीमा यात्रुवाहक जिप दुर्घटना हुदा ४ जनाको घटनास्थलमै मृत्यु भएकाे छ ।

सदरमुकाम तम्घास आउने क्रममा जिल्लाकाे चन्द्रकाेट गाउँपालिकाबाट सदरमुकाम तम्घास आउने क्रममा मुसिकाेट नगरपालिका वडा नम्बर ४ मा लु १ ज ४५ ५९ नम्बरकाे जीप दुर्घटना भएको त्यहाँका वडाध्यक्ष ओम बहादुर केसीले जानकारी दिए ।

जीपमा १० जना सवार थिए । मृतक कसैको सनाखत भएको छैन । अरुको पनि मृत्यु भएको हुन सक्ने अनुमान छ ।

जीप सडकबाट ५ सय मिटर तल खसेको र के कति कारणले दुर्घटना भयो भन्नेबारे जानकारी लिइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता