गुल्मीमा मोटरसाइकल दुर्घटना ः एकजनाको मृत्यु !



चैत -२८ गुल्मी ।

गुल्मीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
शुक्रवार राति गौंडाकोटबाट चारपालातर्फ जाँदै गरेको लु  २३ प ५०६७ नम्वर मोटरसाईकल गुल्मी दरवार गाउँपालिका सात घुम्तीमा दुर्घटनमा परेको हो ।
दुर्घटनामा परी सोही स्थानका अन्दाजी ४५ वर्षीय रामबहादुर खत्रीको मृत्यु भएको हो जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरिक्षक पुरुषत्तम पाण्डेले जानकारी दिए ।
उनको गुल्मी अस्पताल तम्घासमामा उपचारको क्रममा मृत्यु भएको हो ।

मोटरसाइकल सडक सुरक्षा वालमा ठोक्किएर सडकबाट करिब ३ मिटर तल खसेको जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता