गुल्मीमा भीरबाट लडेर एक जनाको मृत्यु !



हुमाकान्त पोखरेल, गुल्मी १९ पौष ।

गुल्मीमा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ । जिल्लाको धुर्कोट गाउँपालिका -२ पिपलधाराकी ५२ बर्षिया शिवकला खनालको मृत्युु भएको हो । मंगलबार दिउँसो घर नजिकै घाँस काट्न गएकी उनी भीरबाट लडेकि थिइन्

। घाइते खनाललाई स्थानीयले देखेर उद्वार गरेको केही समयमै उनको ज्यान गएको प्रहरीले जनाएको छ । खनाल भीरबाट करिब दुई सय मिटर तल खसेकी थिइन् । शवलाई अहिले पोष्ट मार्टमको लागि गुल्मी अस्पताल ल्याउदै गरेको प्रहरी उपरिक्षक अर्जुन रानाभाटले जानकारी दिए ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता