गुल्मीमा फेन्सी कपडा व्यवसायी समिति गठन



माघ १४ गुल्मी ।

समस्याहरुलाई सामुहिक रुपले समाधान गर्ने उद्देश्यका साथ गुल्मीमा फेन्सी कपडा व्यवसायी समिति गुल्मी गठन भएको छ । समितिले गठनको प्रक्रिया पुरा गरेर जिल्लाको सदरमुकाम तम्घासमा कार्यालयको उद्धाटन समेत गरेको हो ।

व्यवसायीहरु एकताबद्ध भएर अगाडि बढ्दा आम उपभोक्ताहरुलाई पनि फाइदा पुग्ने भएकोले फेन्सी कपडा व्यवसायी समिति गुल्मी गठन गरिएको अध्यक्ष अजुर्न कार्कीले जानकारी दिए । उनका अनुसार तम्घासको नयाँबजारमा समितिको कार्यालय राखिएको छ ।

समितिको कार्यालय उद्धाटन गर्दै जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकीय अधिकृत नरेश गिरीले सफलताको शुभकामना ब्यक्त गरे । उनले यस्ता संस्थाहरु दर्ता भएर क्षणिक भरमै हराएर जाने नवीकरण नगर्ने समस्या देखिएको भन्दै क्रियाशील भएर काम गर्न समितिलाई आग्रह गरे । प्रमुख अतिथिको रुपमा रहेका प्रशासकीय अधिकृत गिरीले उपभोक्ताको ध्यानमा राखेर व्यवसाय गर्नुपर्ने बताए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ गुल्मीको तर्फबाट डिबी खड्काले ब्यक्तिगत भन्दा पनि सामुहिक रुपमा समस्याको समाधान खोज्न सकिने बताए । उनले सांगठनिक रुपमा कामहरु सफल हुने भएकोले समितिलाई सफलताको शुभकामना प्रकट गरे ।

कार्यक्रममा उद्योण वाणिज्य संघ, चेम्बर अफ कमर्श, उपभोक्ता हित संरक्षण समिति, नेपाल प्रहरी र अन्य उपस्थित संस्थाहरुका प्रमुख तथा प्रतिनिधिले फेन्सी कपडा व्यवसायी समिति गुल्मीलाई सफलताको शुभकामना प्रकट गर्दै निरन्तर समस्याको समाधान खोज्न एकताबद्ध हुन आग्रह गरे ।

फेन्सी कपडा व्यवसायी समिति गुल्मीमा अहिले २ सय सदस्यहरु आबद्ध रहेका छन् । यही माघ २१ गते समितिले प्रथम साधारण सभा गर्ने तयारी गरेको छ । कार्यक्रममा फेन्सी कपडा व्यवसायीहरुको बाक्लो उपस्थिती रहेको थियो ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता