गुल्मीमा पछिल्लो २४ घण्टामा थप ६९ जनामा कोरोना संक्रमण मुक्त ,१ जनाको मृत्यु !



केशब गौतम- जेठ २१ गुल्मी ।

पछिल्लो २४ घण्टामा गुल्मीमा ६९ जना कोरोना संङ्क्रमित निको भएका छन् । यो सहित गुल्मीमा कोरोना संङ्क्रमणमुक्त हुनेको सङ्ख्या १ हजार आठ सय २४ पुगेको जिल्ला जन स्वास्थ्य कार्यालयले गुल्मीले जानकारी दिएको छ ।

पछिल्लो २४ घण्टामा ९५ जनामा गरिएको कुल परीक्षणमध्ये ४३ जनामा कोरोना संङ्क्रमण पुष्टि भएको छ । २ जनाको पीसीआर र ४१ जनाको एन्टिजेन गरि ४३ जनामा संङ्क्रमण पुष्टि भएको हो। यो सगै गुल्मीमा कोरोना सक्रिय संक्रमितको संख्या पांच सय ८५ पुगेको छ। पछिल्लो २४ घण्टामा गुल्मीमा सबैभन्दा धेरै जिल्लाको सत्यवती गाउँपालिकामा १८ जना,मुसिकोट गाउपालिकामा १५ जना,कालिगण्डकी गाउपालिकामा ४ जना,रेसुङ्गा नगरपालिकामा ३ जना,धुर्कोट गाउँपालिकामा १ जना,मालिका गाउँपालिकामा १ जना र चन्द्रकोट गाउँपालिकामा १ जना गरी ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

त्यस्तै पछिल्लो २४ घण्टामा कोरोनाका कारण १ जनाको ज्यान गएको छ। जिल्लाको इस्मा गाउँपालिका वडा नम्बर ५ का ५९ वर्षिय पुरुषको मृत्यु भएको छ। यो सँगै दोस्रो कोरोना लहरका कारण गुल्मीमा मृत्यु हुनेको संख्या ८३ पुगेको छ ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता