गुल्मीमा पछिल्लो २४ घण्टामा ३२ जनामा कोरोना संक्रमण पुष्टि !



गोकर्ण पाण्डे असार ३० गुल्मी। 

गुल्मीमा थप ३२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। एन्टिजेन परिक्षाण गर्दा १२जना पिसिआर परिक्षण गर्दा २० जना मा कोरोना संक्रमण पुष्टि भएको जिल्ला जन स्वास्थ्य कार्यालय गुल्मीले जानकारी दिएको छ। जिल्लाको रेसुङा नगरपालिकामा १३ जना, रुरुक्षेत्र गाउँपालिकामा चार जना, चन्द्रकोट गाउँपालिकामा छ जना, मुुसिकोट नगरपालिकामा दुई जना, ईस्मा गाउँपालिकामा तिन जना, मालिका गाउँपालिकामा दुई जना, छत्रकोट गाउँपालिकामा एक जना, धुर्कोट गाउँपालिकामा एक जना गरि ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। यो सगै गुल्मीमा कोरोना सकृय संक्रमित संख्या ४ सय ६८ पुगेको छ।त्यस्तै,पछिल्लो २४ घण्टामा ३७ जना कोरोना संक्रमण मुक्त भएका छन्।अहिले सम्म कुल तिन हजार पाँच सय २२ जना कोरोना जितेर घर फर्किएको जन स्वास्थ्य कार्यालय गुल्मीले जानकारी दिएको छ।
गुल्मीमा दोस्रो कोरोना लहरका कारण गुल्मीमा ९१ जनाले ज्यान गुमाएका छन्।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता