गुल्मीमा नेपाली काङ्ग्रेसको आगामी रणनीति र जिम्मेवारी सम्बन्धमा अन्तरक्रिया



सन्तोष महतारा- पुस २६-गुल्मी

गुल्मीमा नेपाली काङ्ग्रेसले आगामी रणनीति र जिम्मेवारी सम्बन्धमा अन्तरक्रिया गरेको छ । जिल्लाको निर्वाचन क्षेत्र नम्बर २ को प्रदेश सभा (खु) अन्तर्गत रहेको नेपाली काङ्ग्रेस प्रदेश कार्यसमितिको आयोजनामा आगामी रणनीति र जिम्मेवारी सम्बन्धमा अन्तरक्रिया गरिएको हो ।

अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथि नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य चन्द्र केसीले प्रदेश कार्यसमितिले जिम्मेवारीपूर्वक संगठन निर्माण गरेमा काङ्ग्रेस बलियो बन्ने बताए । आगामी रणनीति आउँदो तिनै तहको निर्वाचनमा केन्द्रित बनाउन आग्रह गर्दै प्रमुख अतिथि नेपाली काङ्ग्रेस केन्द्रीय सदस्य केसीले सबै तहका संगठन सँग समन्वय गरेर काङ्ग्रेसलाई बलियो बनाउन प्रदेश कार्यसमितिको भूमिका महत्त्वपूर्ण हुने भन्दै सक्रिय भएर गाउँगाउँमा जान नेता कार्यकर्तालाई आग्रह गरे ।

कार्यक्रममा बिशेष अतिथि नेपाली काङ्ग्रेस लुम्बिनी प्रदेशका उपसभापति भुवन प्रसाद श्रेष्ठले राजनीतिमा त्याग गर्नेले मात्र जनताको मनोभावाना बुझेर काम गर्ने भएकोले ब्याक्तिगत स्वार्थ त्याग गर्न आवश्यक रहेको बताए । नेपाली काङ्ग्रेस गुल्मीका निवर्तमान सभापति समेत रहेका बिशेष अतिथि श्रेष्ठले तिनै तहको निर्वाचन लक्षित रणनीतिले मात्र काङ्ग्रेसको लक्ष्य पूरा हुने भएकोले सबै तहका संगठन सक्रिय भएर एकताबद्ध हुन आवश्यक रहेको बताएका थिए ।

कार्यक्रममा बिशेष अतिथि नेपाली काङ्ग्रेस गुल्मीका सभापति खिलध्वज पन्थीले काङ्ग्रेसलाई सुदृढीकरण गर्न सबै गम्भीर हुनुपर्ने बताए । गुल्मीमा नेपाली काङ्ग्रेसलाई पहिलो पार्टी बनाएर अगाडि बढ्ने आफ्नो मुख्य ध्येय रहेको भन्दै जिल्ला सभापति पन्थीले प्रदेश स्तरीय नेता कार्यकर्तालाई गम्भीर भएर संगठन निर्माणमा लाग्न आग्रह गरेका थिए ।

कार्यक्रममा प्रदेश कार्यसमितिको आगामी रणनीतिबारे कार्यसमितिले केन्द्र, प्रदेश र जिल्ला स्तरीय नेताहरूलाई जानकारी गराएको थियो । साथै नेताहरुले प्रदेश कार्यसमितिको जिम्मेवारीको बारेमा जानकारी गराएका थिए । उक्त बिषयमा नेता तथा कार्यकर्ताहरु बीच लामो समय छलफल तथा अन्तरक्रिया समेत भएको थियो ।

अन्तरक्रिया कार्यक्रममा नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य चन्द्र केसी, लुम्बिनी प्रदेश उपसभापति भुवन प्रसाद श्रेष्ठ, गुल्मी जिल्ला सभापति खिलध्वज पन्थी, लुम्बिनी प्रदेश सदस्य माधव खरेल लगायतका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो । नेपाली काङ्ग्रेस गुल्मी क्षेत्र नम्बर २ प्रदेश सभा (ख) का सभापति रेखा कुमार जिसीको सभापतित्वमा सुरु भएको कार्यक्रममा प्रदेश प्रतिनिधि प्रकाश पोखरेलको स्वागत मनतब्य रहेको थियो । कार्यक्रमको संचालन नेपाली काङ्ग्रेस गुल्मी क्षेत्र नम्बर २ प्रदेश सभा ुखु का सचिव रामचन्द्र पोखरेलले गरेका थिए ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता