गुल्मीमा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी तीव्र !



सूर्य सुनार साउन ३० गुल्मी ।

गुल्मीमा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको जिल्लास्तरीय छनोट प्रतियोगितालाई प्रभावकारी बनाउन तीव्र तयारी भइरहेको छ । जिल्ला खेलकुद विकास समितिको कार्यालयमा नवौँ राष्ट्रिय खेलको लागी खेलाडीहरुले उत्साहका साथ नाम दर्ता गरेका छन् ।
जिल्ला खेलकुद विकास समितिका अध्यक्ष गिरीप्रसाद महाकिमले जिल्लास्तरीय छनोट प्रतियोगितामा सहभागी भई छनोट भएका खेलाडीहरुलाई समयानुकूल बन्द प्रशिक्षणको व्यवस्था मिलाउने बताउनुभयो । कराँते, फुटबल, भलिबल, खो खो, तेक्वान्दो, बक्सिङ्ग खेलका प्रशिक्षकहरु यस जिल्लामा उपलब्ध गराइदिन प्रदेश खेलकुद परिषदमा माग गरिएको जिल्ला खेलकुद विकास समिति गुल्मीका अध्यक्ष गिरीप्रसाद महाकिमले जनाकारी दिनुभयो ।

गण्डकी प्रदेशको पोखरामा आगामी असोज २८ गतेदेखि कात्तिक ३ गतेसम्म हुन लागेको नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा जिल्लाबाट खेलाडीहरु सहभागी गराउने उद्देश्यले जिल्लास्तरीय छनोट प्रतियोगितालाई प्रभावकारी बनाउन जिल्ला खेलकुद विकास समिति पालिका स्तरमा पुगेको छ । जिल्लास्तरीय छनोट प्रतियोगिता तयारीका लागि अनुमानित खर्च विवरणसहितको प्रस्तावना जिल्लाका १२ वटै स्थानीय तहमा पुगेर पेश गरिने जिल्ला खेलकुद विकास समिति गुल्मीका उपाध्यक्ष नारायण जिसीले जानकारी दिनुभयो ।
हालसम्म दश स्थानीय तहका प्रमुख, उपप्रमुख एवम् प्रमुख प्रशासकीय अधिकृतहरुलाई प्रस्तावना पेश गरिएको छ । बाँकी दुई स्थानीय तहमा पनि छिट्टै प्रस्तावना पेश गर्ने बताइएको छ । प्रस्तावना पेश गर्दै पालिकाबाट जिल्लास्तरीय छनोट प्रतियोगितामा खेलाडीहरु सहभागी बनाउन आग्रह गरिएको जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख डिल्ली विश्वकर्माले बताए ।
जिल्लामा गुल्मीमा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी तीव्र भइरहेको छ । खेल प्रति पनि खेलाडीको उत्साह देखिएको छ ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता