गुल्मीमा ट्याक्टर दुर्घटना १ जनाको मृत्यु



सागर भण्डारी कात्तीक १ ।
गुल्मीमा ट्रयाक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । जिल्लाको मदाने गाउँपालिका ७ भनभने स्थित तिमुरखर्कबाट गिट्टी लोड गरी भनभने तर्फ आउँदै गरेको लु ३ त ६८९६ नम्वर को ट्याक्टर शुक्रवार बेलुकी आफै अनियन्त्रीत भई पल्टिँदा स्थानीय नेत्र बहादुर घर्तिको मृत्यु भएको हो ।
दुर्घटनामा घाइते उनको जिल्ला अस्पताल तम्घासमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रवक्ता डिएसपी केदार राज पन्तले जानकारी दिए । दुर्घटनामा परी सोही ठाउँका मनोज घर्ति पनि घाईते भएका छन् । उनको टाउकोको दाहिने भागमा चोट लागेको र अवस्था सामान्य रहेको उनले बताए ।
ट्रयाक्रटर सडकबाट झण्डै १७ मिटर तल खसेको प्रहरीले जनाएको छ । ट्रयाक्टर चालक भने सामान्य रहेको र सम्पर्कमा रहेको बताईएको छ ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता