गुल्मीमा ट्याक्टरको ठक्करबाट वृद्ध घाइते !



मङ्सिर -१२ गुल्मी ।

गुल्मीमा ट्याक्टरको ठक्कर बाट एकजना वृद्ध घाइते भएका छन् । जिल्लाको धुर्कोट गाउँपालिका सात द्वानेटामा लु ३ प ५६५७ नम्बरको ट्याक्टरले ठक्कर दिदा स्थानीय ७४ वर्षीय गोर बहादुर सुनार घाईते भएको गुल्मी प्रहरीले जनाएको छ ।

बाटो छेउमा हिडिरहेका वृद्धलाई ट्याक्टरले ठक्कर दिएको बताईएको छ । घाइते सुनारको टाउकोमा चोट लागेको र उपचारको लागी तम्घास ल्याईएको छ ।

ठक्कर दिने ट्याक्टर र सवारी चालकलाई ईलाका प्रहरी कार्यालय पुर्कोट दहले नियन्त्रण लिएको छ ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता