गुल्मीमा जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु !



गुल्मीको सत्यवती गाउँपालिका वडा नं. ३ को कुटडाँडामा जीप दुर्घटना भएको छ । बुधबार विहान सवा २ बजे लु २ ख ५३४० नं.को जीप दुर्घटना भएको हो । दुर्घटनाबाट गाडी धनी झलक सोमै, मिलन तरामु, रनबहादुर सिंजापति,जमुना सोमै र टिका राहादीको निधन भएको छ । जमुना सोमैको उपचारका लागी अस्पताल लैजादै गर्दा निधन भएको हो ।

दुर्घटनामा ४ जना घाइते भएका छन् । घाइते हुनेहरुमा गिरी राहादी, चेतन सिंजापति र कारबेलिन सोमै  रहेका छन् । दुर्घटनामा घाइतेहरुको उपचारका लागी पाल्पा मिसन अस्पताल पठाइएको घटनास्थलबाट वडा अध्यक्ष जितु तरामु मगरले जानकारी गराएका छन् ।

दुर्घटना साजपुर आधारभूत विद्यालयको नजिकै भएको हो । घटनास्थलमा गाउँपालिकाका अध्यक्ष टिकाराम पाण्डे, उपाध्यक्ष निरु तरामु मगरलगायतको टीम पुगिसकेको छ भने प्रहरी समेत घटनास्थल पुगेको छ ।  घाइतेहरुको अवस्था र घटना कसरी भएको हो ? यसबारे थप विवरण आउन बाँकी रहेको छ । घटनास्थलबाट प्रहरी चौकी करिब १५ किलोमिटर टाढा रहेको छ ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता