गुल्मीमा जबर्जस्ती करणीको आरोपमा एक जना पक्राउ !



बैशाख ६ गुल्मी ।

गुल्मीमा जबर्जस्ती करणी गरी फरार भएका युवा पक्राउ परेका छन । पक्राउ पर्नेमा इस्मा गाउँपालिका ३ का २९ वर्षीय कृष्ण बहादुर नेपाली रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जानकारी दिएको छ ।

नेपालीले बैशाख ४ गते इस्मा गाउँपालिका ३ मै बस्ने ४६ वर्षीया महिलालाई साझ ५ बजे तिर ठाढुङाको खोल्सामा जबर्जस्ती करणी गरि फरार भएको गुल्मी प्रहरीले उल्लेख गरेको छ । पीडित परिवारले बैशाख ५ गते जिल्ला प्रहरी कार्यालय गुल्मीमा उजुरी दिएका थिए ।

परिवारको उजुरी पछि प्रहरीले खोजतलास गर्दै जादा बुटवल बाट पक्राउ गरेको बताएको छ । नेपाली विरुद्ध जबर्जस्ती करणी मुद्दाको शिर्षकमा मुद्दा दर्ता गरी अनुसन्धान सुरु गरिएको प्रहरीले बताएको छ ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता