गुल्मीमा चन्द्र भण्डारीलाई धक्का ,कांग्रेस कार्यकर्ता नै स्वतन्त्र उमेदवार उठ्ने !



गुल्मी, भदौ १५ । गुल्मीको क्षेत्र नम्वर १ मा नेपाली कांग्रेसबाट नेता चन्द्र भण्डारी यस अघि पनि उमेदवार हुँदै आएको र आगमी मंसिर ४ गतेको निर्वाचनमा पनि उनै उमेदवार हुने चर्चा चलिरहेको बेला उनकै पार्टीका एक जना कार्यकर्ता स्वतन्त्र उमेदवार उठने बताउँदै आएका छन् । सत्यवती गाउँपालिका–७ जुनियाँका २८ बर्षीय युवा कमल भुसालले आफु यसपाली स्वतन्त्र उमेदवार उठ्ने बताएका हुन् ।
‘ आदरणीय चन्द्र भण्डारी दाजु यसपाली उठने भन्ने पनि केही निधो छैन, उनले भने उहाँ सहित पाको पुस्ता जो उठे पनि आफुले स्वतन्त्र उमेदवारी दिने घोषणा गरि सकेको छु । ’ कांग्रेस नेतृ सुवर्ण ज्वारचन संघिय सरकारको बाणिज्य राज्यमन्त्री हुँदा उनका स्वकिय सचिव रहेका भुसालले पुरानो पुस्ताबाट जनताको अपेक्षा अनुसारको विकास नहुने आरोप लगाउँदै जनताको अपेक्षा पुरा गर्नका लागि युवाहरुले नै नेतृत्व लिनु पर्ने दाबी गर्दछन् ।
आफ्नो फेशबुक वालमा रविलामिछाने र बालेन्द्र शाह ( बालेन ) का समाचार र विभिन्न गतिविधी शेयर गर्ने गरेका भुसालले आफुले जितेमा शिक्षा , स्वास्थ्य , पर्यटन पुर्वधार र सडक सञ्जाललाई पहिलो प्राथामिकता दिने बताउँछन् । उनी २०६४ सल देखि नेपाली कांग्रेसको विद्यार्थी संगठन नेवि संघबाट राजनीतिमा प्रवेश गरि हाल क्षेत्र नम्वर १ को क्षेत्रिय सदस्य रहेको बताए ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता