गुल्मीमा घरमा आगलागी हुँदा एक वृद्धको जलेर मृत्यु !



चैत २४ गुल्मी ।

गुल्मीमा घरमा आगलागी हुँदा एक वृद्धको जलेर मृत्यु भएको छ । जिल्लाको मदाने गाउँपालिका -६ देउराली बस्ने ८३ वर्षीय ज्ञान बहादुर घर्तीको मृत्यु भएको वडा अध्यक्ष मनिराम थापाले जानकारी दिए ।
घरमा एक्लै रहेका घर्तीको आगो ताप्ने क्रममा घरमा आगलागी भएको र घटनास्थलमै मृत्यु भएको वडा अध्यक्ष थापाले बताए ।

प्रहरी घटनास्थल पुग्दा घर जलेर पुर्ण रुपमा नष्ट भएको थियो । गएराती ११ बजे खबर प्राप्त भएपछि प्रहरी घटनास्थल पुगेको गुल्मीका प्रहरी प्रमुख नविन किशोर प्रधानले बताए । घटना बारे थप अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता