गुल्मीमा कोभिड खोप अभियान: ५ देखि ११ बर्षका करिव ३५ हजार बालबालिकाले खोप लगाउँदै



टोपलाल अर्याल-गुल्मी, १९ साउन । 

गुल्मीमा ५ बर्षदेखि ११ बर्षसम्मका बालबालिकाहरुलाई दिइने कोभिड–१९ विरुद्धको फाइजर–बायोएनटेक खोप अभियान सुरु भएको छ । जसका लागि सरोकारवालासंग छलफल तथा जनशक्ति व्यावस्थापन, प्रशिक्षण र योजना निर्माणको काम थालिएको स्वास्थ्य कार्यालय गुल्मीमा प्रमुख पशुपति आचार्यले जानकारी दिए । नेपालभर यो खोप प्राप्त गर्ने ५ वर्ष देखि ११ वर्षसम्मका ३९ लाख ९५ हजार आठ सय ६८ र गुल्मीमा ३४ हजार छ सय ७५ बालबालिकाहरु रहेका छन् । अहिले स्वास्थ्य कार्यालय गुल्मीले सम्पूर्ण स्वास्थ्य संस्थाका प्रमुख, स्वास्थ्यकर्मी र खोप कार्यकर्ताहरुको अभिमुखिकरण गरिरहेको छ ।

अभिमुखिकरणपछि बिद्यालयहरुमा खोप संचालन गरिने स्वास्थ्य कार्यालय गुल्मीका जनस्वास्थ्य निरिक्षक बोम अर्यालले जानकारी दिए । स्वास्थ्यकर्मी र खोप कार्यकर्ताले गाउँगाउँका बिद्यालयहरुमा प्रचारप्रसार तथा समन्वय गर्नेछन् । अभिमुखिकरणमा कोभिड–१९ विरुद्धको खोप अभियानको अवस्था र आगामी कार्यनीति वारे जानकारी गराउने, ५ वर्ष देखि ११ वर्षसम्मका बालबालिकाहरूलाई दिइने कोभिड–१९ विरुद्धको फाइजर–बायोएनटेक खोपको भण्डारण, तयारी र प्रयोग गर्ने तरिका वारे व्याख्या गर्ने, फाइजर–बायोएनटेक खोप लगाएपछि हुनसक्ने अवाञ्छित घटना (ए.ई.एफ.आई.)को पहिचान र व्यवस्थापन सम्बन्धी ज्ञान अभिवृद्धि गर्ने बिषयमा जानकारी गराइने जनस्वास्थ्य निरिक्षक अर्यालले बताए । त्यस्तै यो खोप अभियान सञ्चालनको सुक्ष्म योजना तयार गर्ने, यो खोप अभियान प्रभावकारी रुपमा सञ्चालन गर्न सूचना, सञ्चार र सामाजिक परिचालनका क्रियाकलापहरू वारे जानकारी गराउने, र यो खोप अभियानमा प्रयोग गरिने सुपरीवेक्षण र अनुगमन चेकलिष्ट र अभिलेख तथा प्रतिवेदन फारमहरूको वारेमा जानकारी गराउने उदेश्यले अभिमुखिकरण संचालन गरिएको अर्यालले बताए ।
स्वास्थ्य सेवा विभाग खोप शाखाका जनस्जवास्थ्य अधिकृत बसन्त कुमार श्रेष्टले यो अभियानलाई जिल्लाभर प्रभावकारी रुपमा संचालन गर्न सवैको आवश्यकता पर्ने बताए । उनले स्थानीय तह, प्रशासन, स्वास्थ्य संस्था, स्वाथ्यकर्मी एवं बिद्यालय, शिक्षक र पत्रकारहरुको बिशेष भूमिका हुने बताए । साथै अभियानको बारेमा जानकारी दिदै श्रेष्टले भेरोसेल लगाएकाले कोभिशिल्ड, एस्ट्राजेनिका, जोन्सन एण्ड जोन्सन मोडेर्ना वा फाइजर (एडल्ड) दोस्रो तथा बुस्टर खोप लगाउन सकिने बताए ।

त्यस्तै कोभिशिल्ड वा एस्ट्राजेनिका लगाएकाले मोडेर्ना वा फाइजर, जोन्सन एण्ड जोन्सन लगाउन सकिन्छ । जोन्सन एण्ड जोन्सन लगाएकाले कोभिशिल्ड वा एस्ट्राजेनिका र मोडेर्ना वा फाइजर खोप लगाउन मिल्ने जनस्वास्थ्य अधिकृत श्रेष्टले बताए । उनका अनुसार मोडेर्ना लगाएकाले कोभिशिल्ड, एस्ट्राजेनिका, वा जोन्सन एण्ड जोन्सन तथा फाइजरको दोस्रो तथा बुष्टर डोज लागउन सकिने छ । फाइजर लगाएकाले कोभिशिल्ड, एस्ट्राजेनिका, वा जोन्सन एण्ड जोन्सन वा मोडेर्नाको दोस्रो वा बुस्टर खोप लगाउने सकिनेछ ।
जिल्ला समन्वय समिति प्रमुख द्रोण बहादुर खत्री र प्रमुख जिल्ला अधिकारी पुण्डबिक्रम पौडेलले बिगतका खोप अभियान प्रभावकारी भएकाले अहिलेपनि सोहि अनुसार सहयोग र समन्वयमा लाग्न सवैलाई आग्रह गरे । अभियानमा बच्चा र खोप संवेदनशिल बिषय भएकाले सवै तहबाट बिशेष ख्याल गर्नुपर्नेमा खत्री र पौडेलको जोड रहेको छ । उनीहरुले अभियाननै प्रभावित हुने गरेर कहिँकतैबाट त्रुटि भए त्यसको क्षति ठुलो हुने भएकाले संवेदनशिल बिषयमा गम्भिरताका साथ लाग्न स्वास्थ्यकर्मीहरुलाई आग्रह गरे । स्वास्थ्य कार्यालय प्रमुख पशुपति आचार्यले नबुझने र आत्तिने उमेर समुहका बालबालिका भएकाले काममा चुनौति भएपनि उर्जाका साथ अभियान सम्पन्न हुने विश्वास व्यक्त गरे ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता