गुल्मीमा एक महिलाको रेबिजका कारण मृत्यु



अनिल खत्री
१३ पुस, गुल्मी । गुल्मीमा एक महिलाको रेबिजका कारण मृत्यु भएको छ । जिल्लाको गुल्मीदरबार गाउँपालिका वडानम्बर–६ की ४० वर्षीय रजुन शाहको रेबिजका कारण मृत्यु भएको गुल्मीदरवार गाउँपालिकाका स्वास्थ्य शाखाका प्रमुख नारायण अर्यालले बताउनु भयो ।
शाहलाई एक महिना अगाडी गुल्मीदरबार गाउँपालिकाको वडानम्बर ६ का कुमालटारीमा मंसिर ११ गते एक्कासी पछाडीबाट आएर कुकुरले हातमा टोकेको थियो । त्यसलगत्तै उनी रेबिज विरुद्धको भ्याक्सिन लगाउन अर्घाखाँचीको फेदि स्थित एक निजि मेडिकलमा गएकी थिइन् ।
तर त्यहाँ उनले कुकुरले टोकेकोमा लगाउनु पर्ने एन्टी रेबिज भ्याक्सीन नलगाएको पाइएको अर्यालले बताउनु भयो । उनको स्वास्थ्यमा दिनप्रति दिन समस्या बढदै गएपछि पुस ६ गते तम्घासको एक स्वास्थ्य संस्थामा उपचार गराउनु भएको थियो ।
त्यहाँ उनलाई रेबिज लागेको संकाका कारण काठमाण्डौंको शुक्रराज ट्रपिकल सरुवा रोग केन्द्र टेकुमा रिफर गरिएको बुझिएको छ । काठमाडौंमा उपचारको क्रममा उनलाई डाक्टरले रेबिज पूर्ण रुपमा शरीर भरी फैलिएको पुष्टि गरेका थिए ।
उनको शरीर भरी फैलिएकाले उपचारको सम्भव नएपछि घरमा ल्याइएको थियो । उहाँको मंगवार मृत्यु भएको गुल्मीदरवार गाउँपालिकाका स्वास्थ्य शाखाका प्रमुख अर्यालले बताउनु भयो ।
महिलाको रेबिजका कारण मृत्यु भएपछि अहिले त्यस स्थानका भुसिया कुकुरलाई रेबिज विरुद्धको भ्याक्सिन लगाउने कार्य भइरहेको गुल्मीदरबार गाउँपालिकाले जनाएको छ । दुईदिनसम्म ५० वटा भन्दा बढि कुकुरलाई रेबिज विरुद्धको भ्याक्सिन लगाउने कार्य गरिएको अर्यालले बताउनु भयो ।
रेबिज विरुद्धको भ्याक्सिन लगाउने कार्य जारी रहेको गाउँपालिकाले जनाएको छ ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता