गुल्मीमा एकैदिन १ सय ३२ जनामा कोरोना संक्रमण : सक्रिय संक्रमितको संख्या ६ सय २९ पुग्यो



गोकर्ण पाण्डे

१८ माघ, गुल्मी । गुल्मीमा मंगलबार थप १३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जिल्ला स्वास्थ्य कार्यालय गुल्मीले मंगलबार सार्वजनिक गरेको कोरोना रिपोर्टमा जिल्लाका विभिन्न स्थानका १३२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य कार्यालय गुल्मीका अनुसार रुरुक्षेत्र गाउपालिकामा ६४ जना, मालिका गाउपालिकामा १५ जना , सत्यवति गाउपालिकामा १३ जना, छत्रकोट गाउपालिकामा १२ जना,रेसुंगा नगरपालिकामा ९ जना,गुल्मीदरबार गाउपालिकामा ६ जना, कालीगण्डकी गाउपालिकामा ५ जना,चन्द्रकोट गाउपालिकामा ५ जना,धुर्कोट गाउपालिकामा २ जना, इस्मा गाउपालिकामा १ जना गरि गरि १३२ जना संक्रमित रहेको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ ।

योसँगै जिल्लामा संक्रिय संक्रमितको संख्या ६ सय २९ जना पुगेको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता