गुल्मीमा इ–सेवाको प्रशिक्षण



सन्तोष महतारा
गुल्मी,२५वैशाख÷

इ–सेवा नेपाल लुम्बिनी प्रदेशले सेवाग्राहीलाई प्रशिक्षण दिएको छ । गुल्मीको सदरमुकाम तम्घासमा इ–सेवा नेपाल लुम्बिनी प्रदेशले आफ्ना सेवाग्राहीलाई शनिबार प्रशिक्षण दिएको हो ।

इ–सेवामा थप भएका अन्य सेवासुविधा र प्रयोग गर्ने तरिका सम्बन्धि प्रशिक्षण दिनुका साथै अन्तरक्रिया गरेको इ–सेवाका प्रदेश संयोजक कमल सापकोटाले जानकारी दिए । प्रशिक्षण कार्यक्रमका प्रमुख अतिथि इ–सेवा गुल्मीका प्रमुख जनक पन्थले आर्थिक कारोबारको भरपर्दो माध्यम इ–सेवा भएको बताए । “अनलाइन कारोबार गर्दा जहिले पनि सबैले इ–सेवाबाट गरौं ।” पन्थले भने, “अनलाइन कारोबारको छिटो, सजिलो, सुरक्षित र भरपर्दो माध्यम नै इ–सेवा हो ।” उनले सकेसम्म आर्थिक कारोबार अनलाइनबाट गर्नुपर्ने बताए ।

कार्यक्रममा इ–सेवा लुम्बिनी प्रदेश संयोजक कमल सापकोटा र प्रदेश सुपरभाईजर रबिन्द्र पोखरेलले प्रशिक्षण दिएका थिए । जिल्लास्थित इ–सेवा प्रयोगकर्ताको उपस्थितिमा सञ्चालित कार्यक्रममा इ–सेवाको प्रयोग र इ–सेवाको प्रयोगबाट हुने फाइदाको बारेमा जानकारी गराइएको संयोजक सापकोटाले बताए । देशभर इ–सेवाका १ सय ५० एजेण्ट र ५० लाख बढि सेवाग्राही रहेका छन् । पछिल्लो समय अनलाइन कारोबार गर्दा सबैभन्दा धेरै इ–सेवाको प्रयोग गरिएको छ ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता