गुल्मीमा आईटीएफ तेक्वान्दो प्रतियोगिता सुरु, दुई सय २० खेलाडीले प्रतिस्पर्धा गर्दै



टोपलाल अर्याल पुस ३० गुल्मी ।

गुल्मीमा जिल्ला स्तरीय आईटीएफ तेक्वान्दो प्रतियोगिता संचालन भएको छ । जिल्ला आईटीएफ तेक्वान्दो संघ गुल्मीको आयोजनामा जिल्ला खेलकुद विकास समितिको कभर्डहलमा शनिबार प्रतियोगिता सुरु भएको छ ।

प्रतियोगितामा दुई सय २० खेलाडीहरु सहभागी भएका छन । जिल्लामा रहेका नौ डोजाङबाट खेलाडीहरु सहभागी भएको जिल्ला आईटीएफ तेक्वान्दो संघ गुल्मीका अध्यक्ष बिरेन्द्र कुँवरले जानकारी दिए ।

गुल्मीमा रुरुक्षेत्र गाउँपालिकाका तीन, छत्रकोट गाउँपालिकाको एक, मालिका गाउँपालिकाको एक, चन्द्रकोट गाउँपालिकाको एक, सत्यवती गाउँपालिकाको एक, कालीगण्डकी गाउँपालिकाको एक र रेसुङ्गा नगरपालिकाको एक  गरि नाै डोजाङबाट सहभागी भएको कुवंरले बताए ।

आईटीएफ तेक्वान्दो संघ लुम्बिनी प्रदेशका उपाध्यक्ष नवराज खरेलले तेक्वान्दो प्रतियोगिताका बारेमा जानकारी गराएका थिए। प्रतियोगिता बिहान ७ बजेबाट सुरु भएको हो ।

गुल्मीबाट थुप्रै खेलाडीले स्वदेश तथा बिदेशमा संचालन भएका आइटिएफ खेलमा विभिन्न पदक र स्थान प्राप्त गरेका छन् । अहिले आयोजना गरिएको प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो हुनेले क्रमश: स्वर्ण , रजत र कास्य पदक प्राप्त गर्नेछन् ।
 

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता