गुल्मीमा अध्यक्ष र उपाध्यक्ष पदमा तीन महिलाको स्वतन्त्र उम्मेदवारी !



बैशाख २१ गुल्मी ।

गुल्मीमा एक अध्यक्ष र दुई उपाध्यक्ष पदमा महिलाहरुले स्वतन्त्र उम्मेदवारी दिएका छन । जिल्लाको मालिका गाउँपालिकामा अध्यक्ष ,उपाध्यक्ष दुबै पदमा महिलाको स्वतन्त्र उम्मेदवार परेको छ । भने मदाने गाउँपालिकामा पनि उपाध्यक्ष पदमा एक महिलाको स्वतन्त्र उम्मेदवारी परेको निर्वाचन कार्यालय गुल्मीले जानकारी दिएको छ ।
मालिका गाउँपालिकाको अध्यक्ष पदमा निर्मला रेग्मी र उपाध्यक्ष पदमा लक्ष्मी कुमारी अर्यालको उम्मेदारी दर्ता गरेका छन । त्यस्तै मदाने गाउँपालिकाको उपाध्यक्ष पदमा राधा रायमाझी केसीले उम्मेदवारी दर्ता गराएकी छन ।
साथै जिल्लाका अन्य स्थानीय तह बाट खुल्ला तथा दलित महिला सदस्यमा सात जना महिलाहरुले स्वतन्त्र उम्मेदवारी दर्ता गराएको निर्वाचन कार्यालय गुल्मीले उल्लेख गरेको छ ।

संविधानले अध्यक्ष वा उपाध्यक्ष पदमा एक जना महिलाको सहभागी अनिवार्य गरेतापनि दलिय गठबन्धन तथा दलहरूको चुनाव जित्ने दाउपेचका कारण गुल्मीमा यो पटक महिला हरु पुरुष सङ प्रतिस्पर्धा गर्न बाध्य छन ।
जिल्लाको मालिका,मदाने,धुर्कोट,कालीगण्डकी ,चन्द्र्कोट र छत्रकोट गाउँपालिका तथा मुसिकोट नगरपालिकामा महिलाहरु उपप्रमुखको लागी पुरुष सङ प्रतिस्पर्धा गर्दै छन ।
२ नगरपालिका र १० गाउँपालिका रहेको गुल्मीमा चार सय ८९ पदको लागी एक हजार दुई सय ४३ जना सदस्य चुनावी मैदानमा होमिदै छन ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता