गुल्मीदरवार गाउँपालिका द्धारा बजार अनुगमन ,५९ पसल कारवाहीमा



तारा कंडेल असोज २६ गुल्मी ।
गुल्मीदरबार गाउँपालिकाले असोज १९ गते देखि २६ गते सम्म संचालन गरेको बजार अनुगमनको पहिलो चरण सम्पन्न भएको छ । बजार अनुगमनको क्रममा शहरी र ग्रामीण क्षेत्रका २२१ पसलहरुमा अनुगमन गरिएको थियो । अनुगमनको क्रममा म्याद गुज्रेका खाध्य पदार्थ, विद्यालयको १०० मिटर भित्रका पसलहरुबाट सूर्ति जन्य पदार्थ¸चुरोट लगायतका सामग्रीहरु ५९ वटा पसलहरुबाट जफत गरी जरीवाना रकम असुल गरिएको छ ।
पहिलो पटकको लागि रु ५०० जरिवाना रकम लिईएकोमा आगामी दिनमा समेत यस्तै प्रकृति दोहोरिएमा रु ६,००० सम्म जरीवाना लिने कार्यविधि जारी गरीएको प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले जानकारी गराउनु भयो । पालिकामा व्यवसाय दर्ता नगरी संचालन गरेका व्यवसायहरु तथा नविकरण नगरेका पसलहरुलाई ७ दिन भित्र व्यवसाय दर्ता तथा नविकरणको लागि लागि पत्र काटिएको छ ।

बजार अनुगमन पश्चात असोज २६ गते सम्म पालिकामा ११० पसलहरु दर्ता नविकरणको लागि आएका छन् भने दैनिक ३०/ ४० वटा पसलहरु दर्ता तथा नविकरण भैरहेका छन् । नागरिकहरुले स्वस्थ र गुणस्तरयुक्त सामग्रीहरु उपभोग गर्न पाउने अधिकारलाई सुनिश्चित गर्न बजार अनुगमन गरिएको र यसलाई २/३ महिनामा निरन्तर बजार अनुगमन गरिने व्यवस्था मिलाईएको छ ।
गाउँपालिकामा दर्ता नगरेका सम्पूर्ण व्यवसायीहरुलाई आश्विन महिना सम्म दर्ता गर्न अनुरोध गरिएको हुँदा अनिवार्य व्यवसाय दर्ता गर्नु हुन समेत अपिल गरिएको छ । बजार अनुगमनमा गाउँपालिकाका उपाध्यक्ष मिना भण्डारी¸ प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेको प्रतक्ष्य सुपरीवेक्षणमा गरिएकोहो। सुरक्षाकर्मी ,पत्रकार लगायतको समेत उपस्थितिमा गाउपलिकाका कर्मचारीहरुको भिन्न भिन्न समूह निर्माण गरी बजार अनुगमनमा खटाईएको थियो ।पालिकाका बाँकी रहेका बजार क्षेत्र र ग्रामीण क्षेत्रका पसलहरूको अनुगमन निरन्तर गर्ने कार्यक्रम रहेको छ ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता