गुल्मीको रेसुंगा सहित यि क्षेत्रमा हिमपात !



पुस -१४ गुल्मी ।

लगातारको वर्षा संगै गुल्मीका विभिन्न क्षेत्रमा हिमपात भएको छ ।
जिल्लाको र्एतिहासिक तथा धार्मीक स्थल रेसुंगा क्षेत्रमा भारी हिमपात भएको छ भने जिल्लाका अन्य ठाँउमा पनि हलका हिमपात भएको छ ।
रेसुंगा क्षेत्रमा वुधवार बिहान तीन बजे बाट हिँउ परेको होे । दुई फिट सम्म हिँउ परेको बताईएको छ ।

त्यस्तै जिल्लाको पश्चिम क्षेत्रमा पर्ने मालिका गाउँपालिकाका विभिन्न स्थानमा हिमपात भएको छ । गाउँपालिकाको वडा नम्वर चारको सानीदह,देउराली,मालिका मन्दिर परिसर तथा मदाने लेकमा हिमपात भएको सो गाउँपालिकाका सुचना अधिकृत जगत पौडेलले बताए ।

त्यस्तै यता जिल्लाको सत्यवती गाउँपालिकाको उच्च पहाडी क्षेत्रमा पनि हिमपात भएको छ । सत्यवती लेक र वडा नम्वर तीन ठुलोलुम्पेकको मसिनामा हिमपात भएको वडा अध्यक्ष रुक बहादुर रानाले बताए ।
लगातारको वर्षा र हिमपात पछि चिसो ह्यातै बढेको छ भने गुल्मेलीको जनजिवन कष्टकर बनेको छ ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता