गुल्मीको मुसिकोट नगरपालिका -२ द्धारा घर घरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण



सुनिल न्यौपाने साउन २४ गुल्मी ।

गुल्मीको मुसिकोट नगरपालिका २ ले घर घरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ । वडा अध्यक्षको रुपमा वडामा आएको ३ महिना पुग्दै गर्दा रबिन्द्र केसीले जनहितका धेरै कार्य गरिसकेका छन। सरकारले दिएको सामाजिक सुरक्षा भत्ता टोल टोलमा पुगेर वितरण देखी नवीकरण समेत टोलमै पुगेर गर्दिएका छन।

मुसिकोट नगरपालिका २ मा रहेको दरबार टोल जहाँ विगत देखि त्यस टोललाई पछाडि पारिदै आइरहेको थियो तर वडा अध्यक्ष केसीको प्रमुख नजर नै त्यसै टोलमा रहेको छ। वडको सहयोगमा सोमबार मात्र दरबार टोलमै आएर स्टीचर सहयोग गरेका छन भने मुसिकोट दरबारमा वृक्षरोपण समेत गरेका थिए।

स -साना काममा समेत सकृय वडा अध्यक्षको कामले एउटा उदाहरण समेत दिएको छ। कतिपय वडामा वडा अध्यक्ष भइरहदा सामान्य कामलाई प्राथमिकता नदिदा समाज सामाजिक रुपमा विकसित हुन सकेको छैन। मुसिकोट नगरपालिका ३ मा रहेको जनजागृती माध्यमिक बिद्यालयमा अध्ययनरत गीरिजा कार्कीलाई समेत अध्यक्ष केसीले व्यक्तिगत रुपमा आर्थिक सहयोग गरेका छन। यस बर्ष वडामा नगरपालिका मै लोकप्रिय काम गर्ने कुरामा ढुक्क हुन वडा बासीलाई अध्यक्ष केसीले अनुरोध गरेका छन। शिक्षा स्वास्थ रोजगार कृषि लगायतको क्षेत्रमा यस आर्थिक बर्षमा काम गरिने अध्यक्ष केसीले जानकारी दिएका छन।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता