गुल्मीकी हरिकलाले ८३ वर्षको उमेरमा पाईन नागरिकता !



साउन -७ गुल्मी ।

गुल्मीकी एक वृद्धाले ८३ वर्षको उमेरमा नागरिकता पाएकी छन् ।
जिल्लाको सत्यवती गाउँपालिका -६ जोहाङ रैकरकी हरीकला विकले ८३ वर्षको उमेरमा विहिबार नागरिकता पाएकी हुन ।
विहिबार जिल्ला प्रशासन कार्यालय गुल्मीले वंशजका आधारमा उनलाई नागरिकता उपलब्ध गराएको छ ।
गाडीमा चढ्न नमान्ने र गाउँमा शिविर जादाँ खबर नपाएका कारण अहिले सम्म नागरिकता पाउन बाट बञ्चित भएको उनका माईला छोरा देव बहादुर विकले बताए ।

जिल्ला प्रशासन कार्यालय गुल्मीले समय समयमा एकीकृत घुम्ती शिविर चलाए पनि जनता समक्ष पुग्न सकेको छैन ।
साथै स्थानीय सरकारले पनि नागरिकताको महत्व बुझाउन नसक्दा नागरिकले राज्य बाट सेवा सुविधा पाउने भए मात्रै नागरिकता बनाउने प्रचलन गुल्मीमा रहेको छ ।
नागरिकता नहुदाँ सामाजिक सुरक्षा भत्ता बाट समेत बञ्चित भएकी हरीकलाले अब नागरिकता बने पछि भत्ता पाउने छन् ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता