गुल्मीकी मेनुका खाण : लुम्बिनी प्रदेशमा उपसभामुखमा निर्विरोध निर्वाचित



माघ २ गुल्मी ।

लुम्बिनी उपसभामुखमा उम्मेदवारी दिएका दुईजनाले उम्मेदवारी फिर्ता लिएपछि मेनुका खाण निर्विरोध निर्वाचित भएकी छन्।

उपसभामुखका लागि नेपाली कांग्रेसका विश्व प्रेम पाठक र नागरिक उन्मुक्ति पार्टीकी निर्मलादेवी थारूले मनोनयन दर्ता गरेका थिए।

दुवैजनाले उम्मेदवारी फिर्ता लिएपछि खाण निर्विरोध भएकी हुन्।

बैठकको अध्यक्षता गरेका डिल्लिराज भुसालले सभामुखमा तुलाराम घर्ती र उपसभामुखमा मेनुका खाण निर्विरोध निर्वाचित भएको घोषणा गरेका हुन्।

घर्ती माओवादीका सांसद हुन् भने खाण राप्रपा सांसद हुन्। राप्रपाकी खाण गुल्मीको मालिका गाउँपालिका ८ दघाँसकी स्थानीय हुन् ।
स्रोत सेतोपाटी

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता