गुल्मीका ६ विद्यालय बाट झण्डै २०० सय विद्यार्थी अखिल (क्रान्तिकारी)मा सङ्गठित !



पुस २२ गुल्मी ।

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पाटी निकट अखिल (क्रान्तिकारी)को विद्यार्थी जागरण अभियान गुल्मीमा सम्पन्न भएको छ । केन्द्रिय नीति अनुसार लुम्बिनी प्रदेशमा सुरु गरिको जागरण अभियान गुल्मीमा चार दिन सम्म चलेको थियो ।
चार दिनको अबधिमा गुल्मी सदरमुकाम तम्घास र सदरमुकाम बाहिरका गरी ६ वटा विद्यालयमा सङ्ठङ्न निर्माण गरिएको छ । प्रशिक्षण सहितको जागरण अभियानमा अखिल (क्रान्तीकारी)मा आवद्ध हुनेको लहरनै चल्यो ।
वैज्ञानिक शिक्षा प्रणाली , रास्ट्रघाती एमसिसि , शैक्षिक मुद्दा, शिक्षामा भएको दलालीकरण र दलाल विरुद्ध संर्घषका कार्यक्रम कसरी लैजाने भन्ने बारेमा प्रशिक्षण दिईएको थियो ।

कमिटि विस्तार गर्नेक्रमामा जिल्लाको महेन्द्र नमुना माद्यामिक विद्यालयमा प्रिया भण्डारीको अध्यक्षयतामा ५१ सदस्यीय अखिल (क्रान्तिकारी) विद्यार्थी सङ्ठनको निर्माण गरिएको छ । भने जिल्लाको रेसुङा माद्यामिक विद्यालयमा रश्मि आर्चायको अध्यक्षतमा ४८ सदस्यीय विद्यार्थीको कमिटि विस्तार गरिएको छ । त्यस्तै सिद्धबाबा माद्यामिक विद्यालयमा असमित विकको अध्यक्षतमा २१ सदस्यीय कमिटि गठन गरिएको छ ।
त्यस्तै सदरमुकामकै अर्को विद्यालय उपल्लो तम्घास प्रदिप नेपालीको अध्क्षयतमा १३ सदस्यीय कमिटि गठन गरिएको अखिल (क्रान्तिकारी)का गुल्मी जिल्ला संयोजक राज खड्काले जानकारी दिए ।

त्यस्तै बुधबार जिल्लाको रुरुक्षेत्र गाउँपालिकाका दुई वटा विद्यालयमा सङठन विस्तार गरिएको छ । रिडी बहुमुखी क्याम्पसमा खड्क बहादुर पौडेलको अध्यक्षयतामा ७ सदस्यीय कमिटि गठन गर्दा रिडी माद्यामिक विद्यालयमा पवन क्षेत्रीको अध्यक्षतमा २१ सदस्यीय अखिल क्रान्तिकारीको सङ्ठन गठन गरिएको छ।

जगारण अभियान टोलीमा कपिलवस्तु जिल्ला इन्चार्ज तथा केन्द्रिय सदस्य विज्ञान क्षेत्री,रोल्पा जिल्ला उपाध्यक्ष सिज कुमार घर्ती ,दाङ जिल्ला कोषाध्यक्ष चुणामणी केसी,बाके जिल्ला सचिवालय सदस्य कर्म बहादुर बोहोरा सहितको टोली घटिएको थियो ।

चार दिनको अभियान गुल्मीमा उल्लासमय भएको अभियान टोलीका संयोजक विज्ञान क्षेत्रीले बताए । धेरै विद्यार्थीले अखिल (क्रान्तिकारी)को एजेन्डा र नेकपाले उठाएको वैज्ञानिक समाजवाद , जनमत संग्रहका विषयमा विद्यार्थी सकारात्मक देखिको क्षेत्री बताए ।
बुधबार विद्यार्थी जागरण अभियानको टोलीलाई नेकपा गुल्मीका कार्यबाहक सेक्रेटरी बसन्त गैरे र विद्यार्थी सङगठनका संयोजक राज खड्काले माया चिनो प्रदान गरी विदाई गरेका थिए।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता