गुल्मीका स्थानीय तहद्धारा ढुंगा, गिटी, बालुवा, माटोजन्य पदार्थ उत्खनन् खुल्ला गर्न माग



सूर्य सुनार गुल्मी मंसिर ३०

जिल्ला विपद्ध व्यवस्थापन समितिको बैठक आज जिल्ला प्रशासन कार्यालय गुल्मीमा सम्पन्न भएको छ । जिल्ला विपद्ध व्यवस्थापन समितिका अध्यक्ष प्रमुख जिल्ला अधिकारी भरत कुमार शर्माको अध्यक्षतामा बसेको बैठकले जिल्लामा रहेका मुख्य समस्या तथा भैपरि आउने विपद्धका बारेमा छलफल गरिएको थियो । लुम्बिनी प्रदेशका विशेषअधिकार समिति सभापत्ति कमलराज श्रेष्ठले पिसिआर मेसिन संचालनमा आर्थिकको समस्या आएको हुदाँ प्रदेश सरकारलाई ध्यानआकर्षण गराउने बताउनुभयो । विपद्ध भनेर नआउने भएकाले पालिकाहरुलाई आवश्यक स्रोत साधनको व्यवस्था गर्न पनि उहाँले आग्रह गनुभयो । जिल्ला विपद्ध व्यवस्थापन समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी भरत कुमार शर्माले आगोलागि जस्ता विपद्धलाई व्यवस्थापन गर्न पालिकाहरुले दमकलको व्यवस्था गर्न सके राम्रो हुने बताउनुभयो । एकले आर्काको पालिका संग समन्वय गरेर खरिद गर्न सके जिल्लाको लागि एक सुखद कुरा हुने बताउनुभयो । गुल्मी अस्पताललाई क्षमता अभिवृद्धी गर्न तर्फ र स्वास्थ्य सेवालाई राम्रो बनाउन उहाँले आग्रह गर्नुभयो ।

पिसिआर मेसिन संचान गर्दा पालिकाहरुले बोलेको रकम छिटो भुक्तानी गर्न पालिका अध्यक्षहरुलाई उहाँले आग्रह गर्नुभयो । रेसुङ्गा नगरपालिकाका नगर प्रमुख डिल्लीराज भुसालले पिसिआर मेसिन संचालनमा आए पनि कार्यचारीलाई तलब दिन नसक्दा दुख लागेको बताउनुभयो । पालिकाहरुले पिसिआर मेसिन संचालनमा ल्याउन पालिकाहरुले सहयोग गर्ने भने पनि धेरै पालिकाहरुले रकम अझै नबुझाएकोमा दुख व्यक्त गर्नुभएको थियो । स्थानीय तहहरूले ढुंगा, गिटी, बालुवा, माटोजन्य पदार्थ उत्खनन् खुल्ला गर्न माग गरेका छन् । गृह मन्त्रालयले जारी गरेको निर्देशनले निकासी ठप्प हुँदा आन्तरिक आय संकलनमा धेरै असर पर्ने तथा प्रमुख निर्माण सामग्रीको रुपमा रहेको नदीजन्य पदार्थलाई रोक्दा साना ठूला सबै प्रकारका विकास आयोजनाहरूमा प्रत्यक्ष असर पर्ने हुँदा हाल गरिएको अवरोधलाई खुला गराउन जोडदार माग गरेका छन । नेपाली कांगेश गुल्मीका सचिब खिलध्वज पन्थीले गुल्मी जिल्लामा वर्षाव्याम गएको पहिरोले जिल्लाका केही पालिकामा घर विहिन भएका व्यक्तिहरुले अहिले सम्म पनि आवसको व्यवस्था हुन नसक्नु दुखको विषय भएको बताउनुभयो । पिसिआर मेसिन , चिसोको समयमा आउने समस्या, रिडिक्षेत्र गाउँपालिकालाई बालुवा उत्खनन् खुल्ला गर्ने, विपद्ध पूर्वतयारी तथा प्रतिकार्य पुस्तकको विमोचन गरिएको थियो । कार्यक्रममा जिल्लाका पालिका अध्यक्ष, सुरक्षाकर्मी, विभिन्न कार्यालयका कार्यालय प्रमुख, तथा पत्रकारहरुको उपस्थित रहेको थियो ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता