गुल्मीका सडक बालबालिकाको उद्धार र अध्ययन प्रति प्रहरीको चासो



मंसिर -२८ गुल्मी ।

अभिभावक गुमाएका तथा भएका अभिभावक बाट पनि संक्षरण नपाएका गुल्मीका सडक बालबालिकाको हेरचाहमा गुल्मी प्रहरीले चासो दिएको छ । सडकमै बस्ने र मागेर खाने गरेका गुल्मी सदरमुकाम तम्घासका बालबालिकाको पठनपाठन र संक्षणमा गुल्मीको प्रहरीले चासो दिए पछि उनिहरु विद्यालय जान थालेका छन् ।

जिल्ला प्रहरी कार्यालय गुल्मीको पहलमा उनिहरुलाई विद्यालय भर्ना गरिएको छ ।
पहिलो चरणमा १५ जना सडक बालबालिकालाई सदरमुकाम तम्घासका विभिन्न विद्यालयमा उनिहरुको इच्छा अनुसार भर्ना गरिएको छ ।
सडक बालबालिकहरुको समयमै उचित व्यवस्था नगरे पछि विकाल समस्या उत्पनन हुने भएकाले समयै उचित व्यवस्थापन तर्फ चासो दिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख गोपाल चन्द्र भट्टराईले बताए । उनले भने ” सडक बालबालिका फुर्सदिला हुने हुदाँ विभिन्न गतिविधिमा संकलन हुने र पछि लागुऔषधमा समेत फस्ने हुदाँ उनिहरुको संक्षणमा प्रहरीले चासो दिएको हो”।
परिवारको आर्थीक अवस्थाका कारण विद्यालय पठाउन नसकिएको गुनासो गर्दै छोराछोरी विद्यालय जान थालेपछि अभिभावक पनि खुसि भएका छन् ।

अभिभावक ज्याला मजदुरी गर्ने, मदिरा सेवन गर्ने र छोराछोरी प्रति चासो नदिदा तम्घासमा पछिल्लो समय सडक बालबालिकाको संख्यामा वृद्धी हुदैं गएको छ । बालबालिकाको दिगो व्यवस्थापन र अभिभावकलाई अभिभाकत्व ग्रहणको अनुभुति गराउन जिल्लामा थप कार्यक्रम गर्न आवश्यक देखिन्छ ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता