गुल्मीका विभिन्न संघसस्थालाई ४ लाख बराबरको माक्स वितरण



मनोज कार्की

१६ साउन, गुल्मी । गुल्मी जिल्ला समाज युकेको सहयोगमा गुल्मी सहयोगी हातहरुको टोलीले जिल्ला प्रशासन कार्यलयलाई करिब ४ लाख बराबरको सर्जिकल माक्स हस्तानतरण गरेको छ । शुक्रबार गुल्मेली सहयोगी हातका अध्यक्ष लिला खरेल नेतृत्वको टोलीले प्रमुख जिल्ला अधिकारी रुद्रादेवि शर्मालाई माक्स हस्तान्तरण गरेको हो ।

शुक्रबार जिल्ला प्रशासन कार्यलयमा एक कार्यक्रमको आयोजना गरी गुल्मेली सहयोगी हातले जिल्लामा २ नगरपालिकालाई १०÷१० कार्टुन, गाउँपालिकालाई १०÷१० कार्टुन, जिल्ला प्रशासन कार्यालयलाई १३ कार्टुन, गुल्मी अस्पताललाई ८ कार्टुन, ४ प्राथमिक स्वास्थ्य केन्द्रलाई १÷१ कार्टुन,पत्रकार महासंघ गुल्मीलाई २ कार्टुन र स्वतन्त्र विद्यार्थी युनियन रेसुङ्गा बहुमुखी क्याम्पसलाई १ गरेर १ सय ५२ कार्टुन माक्स वितरण गरिएको गुल्मेली सहयोगी हातका सचिव बिमल घिमिरेले जानकारी दिए ।

विश्वव्यापी रुपमा फैलिएको कारोना भाइरसको समयमा छाक टार्न गाह्रो भएका ६ सय घर परिवारलाई घर घरमा गुल्मेली सहयोगी हातहरु नामक सस्थाले पहिलो चरणमा गुल्मी बासीलाई खाद्यान वितरण गरिसकेको छ । जिल्लाका सबै स्थानिय तहलाई कोभिडको आैषधि, ९० वटा अक्सिजन सिलिण्डर गुल्मी अस्पतालमा दास्रो चरणमा पठाएको थियो ।

गुल्मी सेवा समाज युकेसँग समन्वय गरी जिल्लाका स्थानिय तह , गुल्मी अस्पताल , नेपाल पत्रकार महासंघ लगायत जिल्लामा अबस्थित संघसस्थालाई करिव ४ सय माक्स हस्तान्तरण गरिएको संस्थाले जनाएको छ । आफूहरु गुल्मी भन्दा बाहिर भएपनि गुल्मेलीको समस्यामा हातमा हात साथमा साथ दिएर सहयोग गर्ने गुल्मेली सहयोगी हातहरुका अध्यक्ष लिला खरेलले बताए ।

गुल्मेली सहयोगी हातले गुल्मी जिल्ला सहयोग गर्दै आइरहेको र विपत्को समयमा हातमा हात दिदैं अगाडी बढ्दै आएको अक्सिजन अभाव हुन नदिई नागरिकको ज्यान बचाउन सफल भएको गुल्मेलीको भनाई छ । कोभिड विरुद्धको अभियान सहयोग गर्ने संघसस्था सबैमा धन्यबाद दिदैं प्रमुख जिल्ला अधिकारी रुद्रदेवी शर्माले प्रदान गरिएका माक्स लक्षित वर्गसम्म गुग्ने बताईन् ।

गुल्मी जिल्ला समाज युकेको सहयोगमा गुल्मेली सहयोगी हातहरुले प्रदान गरेको माक्स प्रमुख जिल्ला अधिकारी रुद्रादेवि शर्माद्धारा रेसुङ्गा नगरपालिका, इस्मा गाउँपालिका, स्ववियु, पत्रकार महासंघ र सुरक्षा निकायका प्रमुखलगायतलाई वितरण गरिएको छ ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता