गुल्मीका विद्यार्थीले पाठय पुस्तक पाएनन् !



सूर्य सुनार जेठ १८ गुल्मी ।

गुल्मी जिल्लामा प्राय जेष्ठ ३ देखि नयाँ शैक्षिक सत्रको पठनपाठन सुरु भएको छ। पठनपाठन सुरु भएको दुई साता बित्दा सामुदायिक विद्यालयका विद्यार्थीले पाठ्यपुस्तक पाउन सकेका छैनन्। जसले गर्दा विद्यार्थीलाई अध्ययन गर्न समस्या भएको छ ।

तम्घासमा रहेको महेन्द्र नमुना माध्यामिक विद्यालयका कक्षा ९ मा अध्ययनरत छात्र कल्याण मरासिनीले पढाइ सुरु भए पनि किताब नपाउँदा समस्या भएको बताउछन् । ‘पाठयपुस्तक ल्याउने विषयमा राज्यले विशेष ख्याल गर्नुपर्ने बताए ।

सदरमुकाममै पढ्ने विद्यार्थीले त पाठ्यपुस्तक कतिपयले अहिलेसम्म पाएका छैनन् भने दुर्गमका विद्यार्थीले पाउने अवस्था छैन। राज्यको लापरवाहीका कारण शैक्षिक सत्र सुरु भएको यतिका समयसम्म पनि विद्यार्थीले पाठ्यपुस्तक पाउन नसक्नु दुःखद भएको महेन्द्र नमुना माध्यामिक विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद मरासिनीले बताए ।

शिक्षा विकास तथा समन्वय एकाइले भने जिल्लामा पाठ्यपुस्तक ल्याउन व्यवसायीलाई लगाइएको रहेको जनाएको छ। एकाइका प्रमुख लोकनाथ मरासिनीले अहिलेसम्म जिल्लामा आधा भन्दा पनि कम विद्यार्थीले मात्रै पाठ्यपुस्तक पाएको बताए । यो शौक्षिक सत्र बाट विद्यालयमा कक्षा ४, ७, ९ मा नयाँ पाठ्यपुस्तक लागु हुने भएकाले पनि ढिलो छपाई भएको मरासिनीले बताए । तर विद्यार्थिले समयमै पुस्तक नपाउँदा विद्यार्थीलाई बढि नै समस्या भएको बताए ।

मुसिकोट नगरपालिका वडा नम्बर ३ मा रहेको पृथ्वी माध्यामिक विद्यालयका प्रधानाध्यापक चन्द्र बहादुर पाण्डेले विद्यार्थीहरुले अहिले सम्म पाठ्यपुस्तक नपाएको हुँदा दुर्गमका विद्यार्थीलाई अध्ययन गर्न समस्या भएको बताए । सरकारले बालबालिकाप्रति चासो नदिँदा यस्तो अवस्था आएको पाण्डेको भनाई छ । करिब दुई वर्ष कोरोना महामारीका कारण पठनपाठनमा समस्या भएको भन्दै अहिले पनि पाठ्यपुस्तक नहुँदा समस्यामा परेको पाण्डेले बताए ।

गुल्मीमा सामुदायिक ५५७ र संस्थागत ५४ गरी ६११ विद्यालय छन्। संस्थागत विद्यालयले पाठ्यपुस्तक पाए पनि सामुदायिक विद्यार्थीले भने पाउन सकेका छैनन् ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता