गुल्मीका उत्कृष्ट १६ किसान सम्मानित



सन्तोष महतारा
गुल्मी, ३१ असार ÷

गुल्मीमा जिल्लास्थित व्यवसायीक कृषकहरुलाई सम्मान गरिएको छ । कृषि ज्ञान केन्द्र गुल्मीको आयोजना तथा जिल्लाका सबै पालिकाका प्रमुखहरुको उपस्थितिमा भएको कार्यक्रममा कृषकहरुलाई सम्मान गरिएको हो ।

व्यवसायीक रुपमा कृषि व्यवसाय गरेर मनग्ये आम्दानी गरिरहेका मध्ये जिल्लाभरबाट छनोट गरेर कूल १६ व्यवसायीक कृषकहरुलाई सम्मान गरिएको कृषि ज्ञान केन्द्र गुल्मीका प्रमुख नवराज भण्डारीले जानकारी दिए । ‘व्यवसायीक रुपमा कृषि व्यवसाय गरेका जिल्लाभरका उत्कृष्ट कृषकलाई सम्मान गरेका छौं ।’ कार्यालय प्रमुख भण्डारीले भने, “सम्मानसँगै कृषकहरुका प्रेरणादायी कथाहरु प्नि सुनेका हौं ।” कृषि ज्ञान केन्द्रले कृषक र पालिका प्रमुखहरुको प्रत्यक्ष सम्पर्क हुने गरेर प्रेरणादायी कथा सुन्न बिशेष कार्यक्रम आयोजना गरेको उनले बताए ।

इस्मा गाउँपालिका वडा नम्बर ३ का युवा उद्यमी गोकर्ण नेपाली, सत्यवती गाउँपालिका वडा नम्बर ४ का प्रेम शाही, चन्द्रकोट गाउँपालिका वडा नम्बर ४ का उत्तम खत्री, मुसिकोट नगरपालिका वडा नम्बर ८ का चुमा घर्तीमगर, इस्मा गाउँपालिका वडा नम्बर ४ का ओम कुँवर, मदाने गाउँपालिका ३ का सोभ बहादुर घर्ती, मुसिकोट नगरपालिका वडा नम्बर ५ का मनोज पाण्डे, सोही स्थानका सरोज बेल्वासे, रेसुङ्गा नगरपालिका वडा नम्बर १० का विनोद कुँवर, सोही नगरपालिकाको वडा नम्बर ६ का प्रेम नेपाली, छत्रकोट गाउँपालिका वडा नम्बर १ का दानबहादुर पल्ली, सोही स्थानका भुवन खराल, सोही पालिकाको वडा नम्बर ४ का चिरञ्जिवी पन्त, रुरुक्षेत्र गाउँपालिका वडा नम्बर ४ का कुलचन्द्र ज्ञवाली, सोही पालिकाको वडा नम्बर ५ का सञ्जय ज्ञवाली र रेसुङ्गा नगरपालिकाको वडा नम्बर ८ का कमला भलामी गरेर जिल्लाका कुल १६ जना व्यवसायीक कृषकहरुलाई सम्मान गरिएको हो । कृषकहरुलाई दोसल्ला र प्रमाणपत्रले सम्मान गरिएको थियो । सम्मानपछि कृषकहरुले आगामी दिनमा कृषि व्यवसाय बढाउन हौसला मिलेको प्रतिक्रिया दिएका थिए ।

‘सफल कृषि व्यवसायीहरुको उद्यमी यात्रा र प्रेरणादायी कथा सुनौं र सुनाऊ’ भन्ने मुख्य उद्देश्यले गुल्मीको सदरमुकाम तम्घासमा आयोजना गरिएको विशेष कार्यक्रममा कृषि उपजको उत्पादनमा आधारित अनुदान बजार व्यवस्थापन सम्बन्धि अन्तरक्रिया समेत गरिएको छ । कार्यक्रममा जिल्लाका सबै गाउँपालिकाको तर्फबाट धुर्कोट गाउँपालिकाका अध्यक्ष भुपाल पोखरेल, रेसुङ्गा नगरपालिकाका प्रमुख खिलध्वज पन्थीले सम्मानित कृषकलाई बधाई दिदै कृषि व्यवसायको सफलताको लागि स्थानीय तह साथमा रहेको बताएका थिए ।

कार्यक्रममा प्रमुख अतिथि जिल्ला समन्वय समिति गुल्मीका प्रमुख द्रोण बहादुर खत्रीले कृषकले गुणस्तरी कृषि उपज उत्पादन गरेमा बजारीकरणको कुनै समस्या नहुने बताए । ‘सबै कृषकहरुले बजारीकरणको चिन्ता नगरेर गुणस्तरीय कृषि उपज उत्पादन गर्नुस् ।’ सम्मानित कृषकहरुलाई बधाई दिदै समन्वय प्रमुख खत्रीले भने, “स्थानीय सबै पालिकासँगको समन्वयमा बजारीकरणको ग्यारेण्टी गर्न तयार छौं ।” सबै कृषकहरुलाई ढुक्क भएर कृषि व्यवसायमा अझै लाग्न खत्रीले आग्रह गरे ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता