चन्द्रकोट गाउँपालिकाका अध्यक्ष खत्री द्वारा रुपाकोट स्वास्थ्य चौकीको भवन उद्घाटन



हुमकान्त पोखरेल
गुल्मी, ०६ असौज । गुल्मीको चन्द्रकोट गाउँपालिका वडा नम्बर ७ रुपाकोटमा स्वास्थ्य चौकीको नयाँ भवन निर्माण गरिएको छ । चन्द्रकोट गाउँपालिका वडा नम्बर ७ रुपाकोट स्थायी ठेगाना भई हाल बेलायतमा रहेका मोतिराज भण्डारी र तारानाथ भण्डारीले प्रदान गरेको जग्गामा भवन निर्माण भएको हो ।

भण्डारीद्धयले ०७७ सालमा सात लाखमा पाँच रोपनी जग्गा किनेर स्वास्थ्य चौकीलाई प्रदान गरेका थिए ।
नवनिर्मित स्वास्थ्य चौकीको भवनबाट आधारभूत स्वास्थ्य सेवाअन्तरगतका सेवाहरु एवम् प्रसुती सेवा पनि उपलब्ध हुनेछ । भवनको बिहीबार उद्घाटन गर्दै चन्द्रकोट गाउँपालिकाका अध्यक्ष युवराज खत्रीले स्वास्थ्य क्षेत्रलाई गाउँपालिकाले पहिलो प्राथमिकता दिएको बताए । त्यस्तै नवनिर्मित भवनबाट प्रदान गरिने सेवाहरु गुणस्तरीय र विश्वसनीय बनाउन समेत आग्रह गरे । गाउँपालिका उपाध्यक्ष विष्णुप्रसाद भण्डारीले पुन्य कमाउनको लागि तिर्थ–ब्रत जानुनपर्ने उल्लेख गर्दै जग्गादाताद्धय भण्डारीलाई धन्यवाद् दिए । भण्डारीद्धयले उक्त भवनमा ल्याब संचालनका लागि आफुहरुले पहल थालेको बताए । भवनको ०७७ फागुन ४ गते तत्कालिन चन्द्रकोट गाउँपालिकाका अध्यक्ष दोर्ण बहादुर खत्रीले शिलन्यास गरेका थिए ।
डिएन्डी पुष्पाञ्जली जेभीले एक करोड ५७ लाख रुपिँयाको लागतमा भवन निर्माण गरेको थियो । ०७७ माघ १९ गते सम्झौता भएको भवनको काम ०७८ माघ १ गते निर्माण सम्पन्न गरिनसक्नुपर्ने उल्लेख थियो । समयमै काम सम्पन्न गरेपनि विविध कारणले भवनको संचालन एवम् हस्तान्तरण हुन सकेको थिएन् । कार्यक्रममा जग्गादाताद्धय भण्डारी र निर्माण व्यवसायीलाई सम्मान समेत गरिएको थियो ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता