शिक्षक,कर्मचारी द्धारा धुर्कोट गाउँपालिकामा धर्ना !



असार १९ गुल्मी ।

नेपाल शिक्षक महासंघ धुर्कोट गाउँकार्य समितिले आफ्ना मागहरु पुरा नगरेको भन्दै गाउँपालिकामा धर्ना दिएको छ।
महासंघको केन्द्रिय समितिको असार १० गतेको निर्णय शुक्रवार धुर्कोट गाउँपालिकाको केन्द्र बरबोटमा  त्याँहाका शिक्षकहरुले धर्ना दिएका हुन ।

समाज र विद्यार्थीहरुसँग सिधै सम्पर्कमा रहने शिक्षक तथा विद्यालय कर्मचारीलाई यथासिघ्र कोरोना विरुद्धको खोपको अनिवार्य सुनिश्चितता गर्नुपर्ने , विद्यालय कर्मचारी तथा बालविकास शिक्षकहरुको तलब भत्ता बृद्धि गर्नुपर्ने माग राख्दै नेपाल शिक्षक महासंघले आन्दोलन गरेको हो ।

शिक्षण पेसामा अहोरात्र खट्ने शिक्षक , विद्यालय कर्मचारी तथा बालविकास शिक्षकहरुको तलव वृद्धी गर्न गाउँपालिकाले आनकानी गरेको उनिहरुको आरोप छ । बालविकासमा अध्यापन गराउने एक जना शिक्षिकाले भनिन् “हामीलाई गाउँपालिकाले खुसी बनाएर विद्यालय पढाउन पठाए पो हामी पनि खुसी भएर साना -साना वालवालीकलाई खुसी भएर पढाउछौं “।

नेपाल शिक्षक महासंघले राखेका न्यायोचित माग पुरा नगरेको हुदाँ बाध्य भएर आन्दोलनमा होमिनु परेको धुर्कोट गाउँपालिका शिक्षक महासँघ अध्यक्ष ऋिषिराम पाण्डेले बताए ।
यता गाउँपालिका अध्यक्ष भुपाल पोख्रेलले शिक्षकहरुका सम्पुर्ण माग जायज भएकोले आफुले पनि ऐक्यबद्धता जनाउदै सम्बन्धित निकायमा पहल गर्ने बताए।

यो आन्दोलन निरन्तर चलिरहने नेपाल शिक्षक महासंघ धुर्कोट गाउँ कार्य समिति अर्थ सचिव राजु पछाईले जानकारी दिनुभयो ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता