गरिबी न्यूनीकरणको लागि मदाने -१ अग्लुङ्गका महिलालाई स्वेटर बुन्ने तालिम !



फागुन १८ गुल्मी ।

मदाने गाउँपालिका – १ अग्लुङ्गका महिलालाई स्वेटर बुन्ने तालिम प्रदान गरिएको छ ।
मदाने गाउँपालिकाको आर्थिक सहयोगमा अग्लुङ्गका दस जना महिलालाई एक महिने  स्वेटर बुन्ने तालिम प्रदान गरिएको वडा अध्यक्ष सुशील चंदले जानकारी दिए ।
महिलाहरुलाई आय आर्जनमा जोडदै,आत्मनिर्भर बनाई गरिबी न्यूनीकरण गर्ने उदेश्यले तालिमको आयोजना गरिएको वडा अध्यक्ष चंदले बताए ।
बुधबार एक औपचारिक कार्यक्रमका बिच तालिमको समापन गरिएको हो । समापन समारोहलाई सम्बोधन गर्दै मदाने गाउँपालिकाका उपाध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि सरिता खड्काले सिकेको सीपलाई व्यबहारमा लागू गर्न आग्रह गरिन ।
घरायसी प्रयोजनलाई मात्र नभई बाहिर बेच्ने गरि स्वेटर बुन्ने व्यवसाय सुरु गरि उद्यमी बन्नु पर्ने धारणा खड्काले राखिन ।
त्यस्तै तालिम लिन पाउँदा स्थानीय महिला खुसी भएका छन । आगामी दिनमा पनि यस्ता तालिम राख्नु पर्ने माग उनीहरुको रहेको छ ।
तालिमको सहजीकरण सीता विष्टले गरेकी थिईन ।

 

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता