गंगा प्राविको जापानी राजदुतवासका नारुओ कात्तद्धारा अवलोकन !



कौरव खत्री गुल्मी १९,कार्तिक ।।

गुल्मी मुसिकोटको एक प्राथमिक विद्यालयमा नेपालका लागि जापानी राजदुतवासका कार्यक्रम व्यवस्थापक नारुओ कात्तले विद्यालयको अवलोकन गरेका छन् ।

मुसिकोट नगरपालिका २ मुसिकोट रातचौरमा स्थित गंगा प्राथमिक विद्यालयको अवलोकन गदै नेपालका लागि जापानी राजदुतवासका कार्यक्रम व्यवस्थापक नारुओ कात्तेले विद्यालयको बातावरण देखेर हर्षित हुदै भने विद्यालयलाई भावी दिनमा पुस्तकालय र शौचालयको क्षेत्रमा सहयोगका लागि पहल गर्ने बताए ।

अवलोकन गर्न आएका नेपालका लागि जापानी राजदुतवासका कार्यक्रम व्यवस्थापक नारुओ कात्तलाई विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नर बहादुर खत्री र विद्यालयका प्रधानाध्यापक कौरव खत्रीले दाखाले सम्मान गरेका थिए ।

अवलोकन क्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नर बहादुर खत्री नेरा त्रिभुवन माध्यमिक विद्यालयका प्रधानाध्यापक सुरेन्द्र नेपाली, गंगा प्राथमिक विद्यालयका प्रधानाध्यापक कौरव खत्री लगायतको उपस्थिति रहेको थियो ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता