क्रिकेटर सोमपाल कामीलाई गृह पालिका चन्द्रकोटले नगद सहित सम्मान गर्ने



महेश बोहरा, चैत्र ०७ गुल्मी ।

गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिकामा जन्मिनुभएका क्रिकेटर सोमपाल कामीलाई सम्मान गरिने भएको छ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी सोमपाल कामीलाई गृह पालिकाले सम्मान गर्न लागेको हो । बि स २०५२ साल माघ १९ गते चन्द्रकोट गाउँपालिकाको वडा नम्बर ८ झुर्ममा जन्मिएका सोमपाल कामी नेपाली क्रिकेट खेलाडी हुनुुहुन्छ ।

उहाँ दायाँ हाते ब्याट्सम्यान तथा दायाँ हाते मध्यम–तिब्र गतिका बलर हुनुहुन्छ । सोमपाल कामी सन् २०१३ देखि नेपाली राष्ट्रिय क्रिकेट टोलीका नियमित सदस्य भई खेल्दै आउनुभएको छ ।
जिम्बाबेमा हुने एकदिवसीय विश्वकप प्रतियोगिताको ‘क्वालिफायर’ मा नेपाललाई पु¥याउन सफल भएको भन्दै गाउँपालिकाले नगद ५० हजार रुपैयाँ सहित सम्मान गर्न लागिएको गाउँपालिका अध्यक्ष युवराज केसीले बताउनुभयो ।

क्रिकेट खेलाडी कामी चन्द्रकोट गाउँपालिकाको वडा नम्बर ८ झुर्ममा जन्मिनुभएको हो । उहाँको परिवार हाल भारतमा बसोबास गदै आईरहे पनि अहिलेसम्म बसाइँसराइँ नलिएको वडा नम्बर ८ का वडाध्यक्ष फणिन्द्रराज अर्यालले बताउनुभयो ।

आइसिसी लिग–२ अन्तर्गत भएको प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरी गुल्मी जिल्ला र चन्द्रकोट गाउँपालिकाको गौरव बढाएको भन्दै नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी सोमपाल कामीलाई हौसला बढाउन सम्मान गर्न लागिएको चन्द्रकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिष्णुप्रसाद भुसालले बताउनुभयो । गाउँपालिकाले घोषणा गरेको पुरस्कार राशी समयानुकूल मिलाएर भौतिक उपस्थितिमा कार्यक्रम गरी हस्तान्तरण गरिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भुसालले जानकारी दिनुभयो ।

अहिले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी सोमपाल कामी प्रशिक्षणमा रहेकाले समय नमिलेको बताउनुभयो । त्रिवि क्रिकेट मैदानमा यूएईले दिएको ३ सय ११ रनको लक्ष्य पछ्याएको नेपालले ४४ ओभरमा ६ विकेट गुमाएर २ सय ६९ बनाएको अवस्थामा मौसमले साथ नदिए पछि ‘डकवर्थ लुइस’ नियमका आधारमा नेपाल विजयी भएको हो ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता