को हुन्, गुल्मी–२ ‘क’ का उम्मेदवार भुसाल ? यस्तो छ इतिहास



गुल्मी, ०२ कात्तिक

एउटै पार्टीबाट एकै ठाउँको लागि लगातार उम्मेदवार बन्ने बिषय आफैमा अनौठो एवम् चुनौतिपूर्ण छ । यसरी उम्मेदवार बन्ने पात्र निरन्तर पार्टीमार्फत समाजसेवामा लागेको भने पक्कै हुनुपर्दछ । यस्तो अवसर कमै व्यक्तिलाई मात्र प्राप्त हुन्छ । त्यस्तैमध्येका एक हुन्, गुल्मीको रेसुङ्गा नगरपालिका वडा नम्बर १ का डिल्लिराज भुसाल ।
उनी विगत ३७ बर्षदेखि स्थानीय स्तरका निर्वाचनमा प्रतिस्पर्धी छन् । उनले कुल चार निर्वाचनमा प्रतिस्पर्धा गरेका छन् । अहिले आफ्नो जिवनको पाँचौ पटकको निर्वाचनमा गुल्मी क्षेत्र नम्बर २ ‘क’ बाट उम्मेदवारी दिएका छन् । हाल नेकपा एमालेको केन्द्रीय परिषद् सल्लाहकार रहेका भुसाल सानैदेखि समाजसेवा र राजनीतिमा चासो दिने व्यक्ति हुन् । गरिबी र अशिक्षाका विरुद्ध उनी लाग्दै आएका छन् ।

यस्तो छ भुसालको इतिहास ।
०४३ सालमा सम्पन्न निर्वाचनमा भुसाल ३३ बर्षको उमेरमै जनपक्षीय उम्मेदवार भएका थिए । त्यतिबेला कम्युनिष्टहरुले जनपक्षीय उम्मेदवार बनाएर निर्वाचनमा सहभागि भएका थिए । उक्त निर्वाचनबाट भुसाल तत्कालिन तम्घास गाविसको वडा नम्बर १ को अध्यक्षमा निर्वाचित भएका थिए । संयोग नै मान्नुपर्छ, ०४३ सालमा भुसालसँग पराजित मथुराप्रसाद श्रेष्ठका छोरा भुवन प्रसाद श्रेष्ठ हाल भुसालसँगै प्रतिस्पर्धामा छन् ।
०४३ पछि ०४९ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा भुसाल तत्कालिन तम्घास गाविसको उपाध्यक्षमा प्रतिस्पर्धा गरेका थिए । ०५४ सालको निर्वाचनमा एमालेको तर्फबाट तम्घास गाविसको अध्यक्षमा उम्मेदवारी दिएका भुसाल अहिलेकै प्रतिस्पर्धी श्रेष्ठसँग पराजित भएका थिए । त्यसपछि ०७४ सालको स्थानीय तहको निर्वाचनमा रेसुङ्गा नगरपालिकाको मेयरमा काँग्रेसका तत्कालिन जिल्ला सभापति भुवन प्रसाद श्रेष्ठसँग प्रतिस्पर्धा गरे । र जित हासिँल गरे । प्रदेशका नागरिकको समृद्धिको सपना बोकेर उनी आगामी मंसिर–४ गते हुने निर्वाचनमा भुसाल नेकपा एमालेबाट गुल्मी क्षेत्र नम्बर २ ‘क’ बाट उनै श्रेष्ठसँग प्रतिस्पर्धाको मैदानमा छन् ।
सामाजिक इतिहास
भुसालले राजनीति जिम्मेवारीसँगै विभिन्न संघ–संस्थामा रहेर पनि काम गरेका छन् । उनले हालसम्म गुल्मी उद्योग बाणिज्य संघ, तम्घास बृहत खानेपानी लगायतका संस्थाको अध्यक्ष बनेर काम गरेका छन् । त्यसका साथै भुसाल रेसुङ्गा बहुमुखी क्याम्पसको संस्थापक र संचालक समिति सदस्य, बाल बन्दिरको संचालक समिति सदस्य, नेपाल नेत्र ज्योती संघको संस्थापक र कोषाध्यक्ष हुँदै उपाध्यक्षसम्मको जिम्मेवारीमा रहेका काम गरेका थिए । त्यस्तै विभिन्न समयमा नेपाल रेडक्रस सोसाइटीको संचालक समिति सदस्य, कोषाध्यक्ष, तम्घास अस्पताल विकास समितिको प्रथम अध्यक्ष लगायतका सामाजिक जिम्मेवारीमा रहेर समेत काम गरेको अनुभव छ । अस्पतालको अध्यक्ष हुँदा नै भुसालले विशेषज्ञ डाक्टर ल्याउने बिषयमा पहल थालेका थिए ।

नगर प्रमुख हुँदा नै अगाडी बढाएका महत्वपूर्ण योजना
भुसाल रेसुङ्गा नगरपालिकाको प्रमुख हुँदा पाँच बर्षे कार्यकालमा महत्वपूर्ण योजना अगाडी बढाएका थिए । भुसालकै कार्यकालमा करिब ४० करोडको मझेङ्ग खानेपानी योजना, तत्कालिन भौतिक पूर्वाधार विकास मन्त्री रामकुमारी झाँक्रीसँगको पहलमा रेसुङ्गा सभाहल, तम्घासको सडक पुन पिच गर्ने लगायतका काम अगाडी बढेका छन् । त्यस्तै रेसुङ्गा बिमानिस्थलको काम निर्माण सम्पन्न भएको छ । उनायचौरमा ट्रि हाउस बनाउने, तत्कालिन श्रममन्त्री गोकर्ण विष्टसँगको समन्वयमा विद्युतीय शव–स्टेशन बनाउने, नगरपालिकाको प्रशासकीय भवन बनाउने, तम्घास बजारका भित्री सडक पिच गर्ने, विभिन्न ठाउँमा स्वास्थ्य चौकी, वडा कार्यालय लगायतका भवन निर्माण गर्ने बिषयमा तत्कालिन मेयर भुसालले महत्वपूर्ण भूमिका निर्वाह गरि स्वच्छ छवि बनाएका छन् ।
अब के गर्ने ?
मंसिर –४ को निर्वाचनपछि प्रदेश सासंदमा विजयी भएपनि भुसालले संसदमा आफ्नो शसक्त उपस्थिति रहने बताए । ‘प्रदेश सरकारका नीति निर्माणसँगै निर्माण भएका नीतिको शसक्त ढंगले कार्यान्वयन गर्नेमा मेरो प्राथमिकता रहन्छ ।’ उम्मेदवार भुसालले भने, ‘त्यसका साथै गुल्मी –२ ‘क’ लाई समृद्ध बनाउने मेरो सपना छ ।’ यस क्षेत्रमा सडक, बिजुली, शिक्षा लगायतका बिषयलाई प्राथमिकता राख्दै रोजगारी सिर्जना गर्ने प्रमुख उदेश्यका साथ आफु निर्वाचनको मैदानमा उत्रिएको डिल्लिराज भुसालले बताए ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता