कोशेलीघरको अध्यक्षमा पाण्डेय !



गुल्मी । कोशेलीघर सहकारी संस्था लिमिटेड गुल्मीको आठौँ साधारण सभा तथा तेस्रो अधिवेशन सम्पन्न भएको छ ।

तेस्रो अधिवेशनबाट अध्यक्षमा श्यामकुमार पाण्डेय, उपाध्यक्षमा अमृतादेवी कुँवर, सचिवमा हरिप्रसाद पोखरेल, कोषाध्यक्षमा वीरबहादुर कार्की सर्वसहमत निर्वाचित भएका छन् ।

यसैगरी सदस्यहरुमा दुर्गाप्रसाद पाण्डे, ललिता गौतम, तारादेवीपन्थी, अनिषा केसी र जयबहादुर चुँदारा निर्वाचित भएको निर्वाचन संयोजक बलबहादुर कुँवरले जानकारी दिए । लेखा सुपरिवेक्षण समिति संयोजकमा युवराज भण्डारी सदस्यहरुमा मिना काउछा र हुमराज गैरे निर्वाचित भएका छन् ।

अधिवेशनबाट सर्वसहमत रुपमा निर्वाचित भएका पदाधिकारीहरुलाई निर्वाचन अधिकृत कुँवरले सपथ ग्रहण गराएका थिए । लुम्बिनी प्रदेश सभासद तथा कोशेलीघर सहकारी संस्थाका संस्थापक खड्ग केसीले नवनिर्वाचित भएकापदाधिकारीहरुलाई प्रमाणपत्र प्रदान गर्दै बधाई ज्ञापन गरेका थिए ।

प्रमुख अतिथि एवं संस्थापक समेत रहेका केसीले जिल्लामा रहेका उद्यमी, सिर्जनशिल व्यक्ति र व्यवसायीहरुको चिनारीको रुपमा कोशेली घरलाई स्थापना गरिएको बताए । यस जिल्लामा उत्पादन भएका मौलिकता झल्काउने उपजहरुको उत्पादन तथा विक्री वितरण गर्ने प्रमुख स्थानको रुपमायसलाई विकास गर्न सक्नुपर्नेमा जोड दिए ।

यहाँ रहेका घरेलु, साना, मझौला उद्योगबाटउत्पादन भएका उपजहरुलाई यसले विशेष महत्व राखेको बताए । आफुले प्रदेश संसदमा पनियस बिषयमा कुरा उठाएको सांसद केसीले उल्लेख गरे ।नवनिर्वाचितअध्यक्ष श्यामकुमार पाण्डेले आफ्नो कार्यकालमा संस्थाको उद्देश्य अनुरुप संस्थाको विकासका लागि सिंङ्गो टिम लाग्ने बताए ।

जिल्लामै नमुनाकोरुपमा विकास गरी जिल्लाका प्रत्येक उद्यमीहरुको घर-घरमा कोशेली घरलाई पुर्‍याउने बताए ।यस कोशेली घरलाई स्थानीय, प्रदेश र संघिय सरकारलेपनि विशेष सहयोग गरे जिल्लामा उद्यमीहरुको व्यवसायिक विकासका लागि महत्व राख्ने बताए ।यस सहकारीले सदरमुकाम तम्घासमा प्रदेशमै पहिलो पटक कोशेलीघर सञ्चालन गरेको छ ।

कोशेलीघरमा स्थानीय रुपमा उत्पादन भएका दुना, टपरी, सिन्का, गुन्द्रुकदेखि लिएर सेरामिक्सका सामग्रीहरुसमेत पाइन्छ । अहिले मकै, आटो, चुक, कागती रस, सुनकाउली, ढुटो, परालको चप्पल,गुन्द्री, सिस्नो पाउण्डर, कुटि, कोदाली, हसिया, दाउ,आलस, चम्सुर, लोकल घिउँ, गिठीबाट निर्मित ठेकी, नेती, फापर पिठो, कोदो, सिलाम,सोस्ता दाल, बेसार खुदो टिमुर राखिएका शेयर सदस्य शान्तापोखरेलले जानकारी दिइन् ।

यस सहकारीमा ४२ जना शेयर सदस्य रहेका छन् । यस सहकारीलेआफ्ना ३९ जना शेयर सदस्यहरुलाई रु १ लाख बरारबको शेयर लाभांश वितरण गरेको छ

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता