केपी ओली २१औँ शताब्दीका अभिमन्यु हुन् : मुख्य मन्त्री पोख्रेल



१० फागुन, गुल्मी ।

लुम्बिनी प्रदेशका मुख्य मन्त्री शंकर पोख्रेलले केपी ओली २१औँ शताब्दीका अभिमन्यु भएको बताएका छन् । नेकपा ओली समुह गुल्मीले आज आयोजना गरेको जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेलामा उनले यस्तो बताएका हुन् ।

केपी ओलीलाई महाभारतमा अभिमन्युलाई फसाए जस्तै फसाउन चक्रव्युह रचेता पनि त्सलाई ओलीले पराजित गर्दै उल्टै ओलीले माधव प्रचण्डलाई फसाएको जिकिर गरे ।

‘केपी ओली कुनै महाभारतको अभिमन्यु होइन । उहाँ त २१ औं शताब्दीको अभिमन्यु हो । त्यसकारण उहाँले उल्टै माधव प्रचण्डलाई सडकमा पठाउनु भयो ।’ उनले भने, ‘माधव कम्रेडहरुले घेराबन्दी गरेर पार्टी कब्जा गर्न चाहनुहुन्थो। जाल झेल बुनेर ओलीलाई गलाउने षडयन्त्र बुन्नु भएको थियो । तर, त्यो पुरा हुन ओलीले दिनु भएन, र त्यसको परिणाम अहिले प्रचण्ड-माधवले सडकमा गएर बिलौना गर्दै हुनुहुन्छ ।’

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता