कृषि मन्त्रालय द्वारा गुल्मीका विभिन्न योजनाको अनुगमन !



डिबी खड्का मङसिर ९,गुल्मी ।

प्रदेश नम्बर पाँचको भूमि व्यवस्था कृषि तथा शहकारी मन्त्रालयले गुल्मी जिल्लाका विभिन्न योजनाको अनुगमन गरेको छ । सोमवार खाद्य सुरक्षा तथा कृषि व्यवसाय प्रवर्द्धन महा शाखाका प्रमुख श्रिधर ज्ञवालीको नेतृत्वमा अनुगमन गरिएको हो।


जिल्लाको धुर्कोट गाउँ पालिका वडा नम्बर पाँचमा निमार्णधिन सय मेटि्रकटन क्षमताको शित भण्डारण र मालिका गाउँ पालिका आठको पशु फर्मको अनुगमन गरिएको छ । धुर्कोट गाउँपालिकामा निमार्णधिन शित भण्डारणमा प्रदेश सरकारको एक करोड दुई लाख बाह्य हजार आठ सय ८६ रुपैयाँ र धुर्कोट गाउँ पालिकाको ३४ लाख चार हजार दुई सय ९५ रुपैयाँ लागत रहेको छ । धुर्कोट गाउँ पालिकामा उत्पादित सुन्तला,आलु तथा अन्य तरकारी बाली भण्डारण गर्ने उद्देश्यका साथ शित भण्डारणमा लगानी गरिएको महा शाखाका प्रमुख ज्ञवालीले बताएका छन् । शित भण्डारणको कार्य पुस महिना भित्र सम्मपन्न हुने बताइएको छ ।

त्यस्तै यता मालिका गाउँ पालिका वडा नम्बर आठमा रहेको मालिका कृषि शहकारी संस्थाले सञ्चालन गरेको पशु फर्मको पनि अनुगमन गरिएको छ । उक्त कृषि फर्ममा पनि प्रदेश सरकारको ११ लाख ९० हजार र मालिका कृषि शहकारी संस्थाको करिब छ लाख लागत रहेको छ । मालिका गाउँ पालिकालाई दुधमा आत्मर्नीभर बनाउने उद्देश्यका साथ पशु फर्म सञ्चालन गरिएको हो

अनुगमन पछि सञ्चारकर्मी सँग कुराकानी गदै खाद्य सुरक्षा तथा कृषि व्यवसाय प्रवर्द्धन महा शाखाका प्रमुख श्रिधर ज्ञवालीले भने “दुवै योजनाको अवस्था राम्रो छ र दुवै योजनालाई प्रभावकारी संगै दिगो बनाउनु पर्ने ‘ सुझाव दिएका छन् ।

अनुगमनमा कृषि मन्त्रालयका नवीन गैरे,सुक बहादुर नेपाली तथा पत्रकारको सहभागिता रहेको थियो ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता