कृषक तेजेन्द्रकुमार श्रेष्ठ छत्रदेव गाउँपालिका द्धारा ५० हजार नगद सहित सम्मानित !



बैशाख -८ गुल्मी ।

अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिकाले उत्कृष्ट कृषकलाई सम्मान गरेको छ । बुधवार गाउँपालिकाले वडानम्बर–५ निवासी तेजेन्द्रकुमार श्रेष्ठलाई उत्कृष्ट कृषकको रुपमा सम्मान गरेको हो ।
सम्मानित कृषक श्रेष्ठलाई नगद रु ५० हजारले सम्मान गरेको गाउँपालिकाले जनाएको छ । श्रेष्ठले कृषि पशुपंन्छी व्यवसायबाट उत्कृष्ट एवं प्रशंसनीय कार्य गर्दै पुराउनु भएको योगदानको उच्च मुल्याङकन गर्दै सम्मान गरेको थियो ।
सम्मानित कृषक श्रेष्ठले पछिल्लो केहि वर्ष यता कृषि पशुपंन्छी व्यवसाय गर्दै आएका छन् । उनि गुल्मी जिल्ला सदरमुकाम तम्घासमा रहेर आइएम ई रेमिट लगायत अन्य व्यवसाय गर्दै आएका थिए ।
तर पछिल्लो केहि वर्ष यता भने त्यो व्यवसाय छोडेर कृषि पेसा अगांलेका छन् । गाउँमा अगुवा कृषकको रुपमा काम गरि अन्यलाई पनि कृषिमा प्रेरित गर्ने उदेश्यले कृषि पेसा अगांलेको कृषक श्रेष्ठले बताए । गाउँपालिकाले श्रेष्ठसँगै आर्थिक वर्ष ०७८÷०७९ को कार्यक्रम अनुसार उत्कृष्ट कृषक सम्मान गरेको हो ।

स्रोत कामना दैनिक

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता