कुलचन्द्र गौतम द्धारा आशा अपाङ्ग केन्द्रलाई पाँच लाख आर्थीक सहयोग



मंसिर १७ गुल्मी –

संयुक्त राष्ट्रसंघका पूर्व सहायक महासचिव कुलचन्द्र गौतमले आफ्नो आत्मकथा पुस्तक बिक्रीबाट प्राप्त रकम सामाजिक सेवामा लगाउनुभएको छ ।

उहाँले पुस्तक बिक्रीबाट प्राप्त रोयल्टी रकम ५ लाख रुपैयाँ आशा अपाङ्ग केन्द्रलाई सहयोग गर्नु भएको हो । ३१ औ अन्तर्राष्ट्रिय अपाङ्ग दिवसको अवसरमा शनिबार उहाँले ‘कुलचन्द्र गौतम : आत्मकथा’ भन्ने पुस्तक बिक्री गरेको पाँच लाख रुपैयाँ संस्थालाई हस्तान्तरण गर्नु भएको छ ।

गौतमका भाइ रामचन्द्र गौतमले रेसुङ्गा नगरपालिकाका प्रमुख खिलध्वज पन्थीमार्फत आशा अपाङ्ग केन्द्रलाई रकम प्रदान गर्नु भएको हो । पुस्तकमा उहाँका भोगाइ र संघर्षका रोचक विषय समेटिएका छन् । ४ सय ७२ पृष्ठ लामो पुस्तकको मूल्य नेपाली बजारका लागि ७ सय ५० रुपैयाँ कायम गरिएको छ ।

स्रोत उज्यालो अनलाईन

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता