काङ्ग्रेस नेता भण्डारीले भने यो पटक कलममा भोट हानेर २५ वर्षको विरासत तोडौ



असोज ३० गुल्मी ।

नेपाली काङ्ग्रेसका महा समिति सदस्य तथा धुर्कोट गाउँपालिका ५ वस्तुका पुर्व वडा अध्यक्ष ढुणीराज भण्डारीले यस पटकको निर्वाचनमा कलममा भोट हानेर २५ वर्षको विरासत तोड्नु पर्ने बताएका छन ।
आज धुर्कोट १ नयाँगाउमा भएको चुनावी भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन । उनले भने ” विगत २५ वर्ष सम्म सुर्यमा भोट हालेर हामीले एमालेलाई हेर्यौ तर परिवर्तन भएन यस पटक सबैले कलममा भोट हानेर रामकुमारी झाक्रीलाई जिताऔं ” । गोकर्ण विष्टले पटक पटक निर्वाचन जितेर मन्त्री भए पनि विकासका काम गर्न नसकेको भण्डारीको आरोप छ ।
साथै एमालेजनहरुले पनि यो पटक प्रत्यक्षमा कलममा भोट हान्न उनले सुझाव दिएका छन् । सुर्यमै भोट हान्न मन लागे समानुपातिकमा हाने हुन्छ तर गाउँ ठाँउको विकासको लागि यो पटक प्रत्यक्षमा भोट कलममै हान्नु पर्ने धारण भण्डारीको रहेको छ ।
साथै उनले काङ्ग्रेसमा आस्था राख्ने सम्पुर्ण कार्यकर्तालाई निर्धक्क भएर कलममा मतदान गर्ने निर्देशन समेत दिएका छन् ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता