कला संस्कृतिको जगेर्ना गर्नकै लागि स्थानीय पाठ्यक्रम निर्माण गर्दै छौ:अध्यक्ष अर्याल



भदौ १८ गुल्मी ।

मालिका गाउँपालिकाका अध्यक्ष देवीराम अर्यालले कला संस्कृति,रितिरिवाजको संरक्षण गर्नैकै लागि गाउँपालिकाले स्थानीय तहको पाठ्यक्रम निर्माण गर्न लागेको बताएका छन ।
शनिबार गाउँपालिकाको वडा नम्बर आठमा आयोजित खुल्ला तिज गित प्रतियोगितालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन ।
लोक कला संस्कृती , धार्मिक चाडपर्व हाम्रा सामाजिक आस्थाका धरोहर हुन यिनिहरुको उचित सरक्षण गर्नु पर्दछ त्यस प्रती हाम्रो स्थानीय तह सकारात्मक छ ।
त्यसैले हामीले हराउदै जान थालेका हाम्रा संस्कृती ,परिमार्जित हुँदै जान थालेका चाडपर्वलाई विशेष स्थान दिएर स्थानीय पाठ्यक्रममा समेटदै छौं ।

कार्यक्रमका विशिष्ट अतिथि समेत रहेका अर्यालले पछिल्लो समय महिलाहरुको महानपर्व हरितालिका तिज फराकिलो बन्दै बताउदै तिज पर्वले नंया ढंगले विकसित हुँदै जान थालेको समेत बताए । साथै चौपारीमा वर पिपलको बोट मुनि गाइने नाचिने तिज गित अहिले खुल्ला ठाउँमा प्रतियोगिताको रुपमा नाच्न थालिएको र यसले लुकेर रहेको प्रतिभा प्रस्फुटन हुने र दिदिबहिनीहरुमा आत्मीय बढ्ने अध्यक्ष अर्यालको तर्क छ ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता