कर्मचारी नियुक्ति गरेर भए पनि बादर नियन्त्रण गर्छौ र कृषी विमा नि :शुल्क गराउछौं :अर्याल



बैशाख १५ गुल्मी ।

स्थानीय तहको निर्वाचनको मिति नजिकिँदै जादा गुल्मीमा चुनावी सरर्गमी बढ्दै जान थालेको छ ।
दल तथा उम्मेदवारहरुले जनता माझ आफ्ना एजेन्डा लगेर मत माग्न घरदैलो अभियान सुरु गरेका छन ।
त्यस्तै जिल्लाको पश्चिम क्षेत्रमा पर्ने मालिका गाउँपालिकाका अध्यक्ष पदका उम्मेदवार माओवादी केन्द्रका नेता देवीराम अर्यालले आफ्ना केही नयाँ कार्यक्रम सार्वजनिक गरेका छन । गठबन्धनको तर्फ बाट अध्यक्ष पदका साझा उम्मेदवार बनेका अर्यालले गठबन्धनले जितेमा बादर आतंक बन्द गराएर किसानलाई राहत दिने बताए ।
उनले भने ” हामीले विभिन्न उपाय बाट बादर नियन्त्रण गर्ने छौ यदि सवै अस्त्र प्रयोग गर्दा पनि भएन भने खेतीपाती भित्राउने सिजनमा तीन महिना कर्मचारी खटाएर भए पनि हामीले बादर तथा बदेल नियन्त्रण गर्ने छौ “। साथै गठबन्धनले जितेमा किसानलाई राहत तथा कृषि उत्पादनमा किसानलाई उत्पेरित गर्न नि : शुल्क कृषि बिमा गर्ने अर्यालले उल्लेख गरे ।

पछिल्लो समय मालिका गाउँपालिकाका नागरिक बादर तथा बदेल आतंकका कारण खेती बाली नष्ट हुँदा चिन्तित हुनुका साथै बसाइँसराइ सर्न समेत बाध्य हुन थालेका छन् ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता