ओठ तथा तालु फाटेका मालिका गाउँपालिकाका ६ जनाले पाउने भए निः शुल्क उपचार



१० चैत, गुल्मी । मालिका गाउँपालिकाका जन्मजात ओठ तथा तालु फाटेका ६ जना बिरामीले निः शुल्क उपचार पाउने भएका छन् ।
बयोदा अस्पताल तथा सेवा फाउन्डेसनको संयुक्त आयोजनामा सञ्चालन गरिएको शिविरबाट ६ जना बिरामी छनोट भएका हुन् ।

बिहीवार वडा नम्बर चार अर्खबाङ र वडा नम्बर सात घमिरको स्वास्थ्य चौकीमा शिविर आयोजना गरिएको गाउँपालिकाका स्वास्थ्य संयोजक बसन्तराज भुसालले बताए । शिविरमा २० जना जन्मजात ओठ तथा तालु फाटेका बिरामी सहभागी भए पनि ६ जना मात्रै निः शुल्क उपचारको लागि छनोट भएको बयोदा अस्पताल र सेवा फाउन्डेसन फिल्ड संयोजक कर्ण प्रसाद जोशीले जानकारी दिए ।

छनोट हुनेमा मालिका चार का २६ वर्षीय नरेन्द्र नेपाली, वडा नम्बर पाँच ६९ वर्षीय लिले खत्री,वडा नम्बर आठका तीन वर्षीया निशा परियार रहेका छन् ।

त्यस्तै मालिका सातका २२ वर्षीया तुलसा क्षेत्री, दुई वर्षीय समृत फुयल र सम्राट फुँयाल छनोट भएका हुन् । उनिहरुलाई भोली अर्थात शुक्रबार नै उपचारको लागि काठमाडौँ लैजाने तयारी रहेको बताइएको छ ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता