एमाले जिल्ला नेताबाट अक्षरारम्भ गराउने गुरुलाई सम्मान



१५ चैत, गुल्मी । नेकपा एमाले गुल्मीका नेता नरेश कुमार भण्डारीले आफुलाई अक्षरारम्भ गराउने गुरुलाई आज एक कार्यक्रमका बिच सम्मान गरेका छन् ।

धुर्कोट गाउँपालिका-५ हटिया स्थित हिमालय आधारभुत विद्यालयको ६२ औं वार्षिक उत्सवको अवसरमा आफ्ना अक्षरारम्भ गराउने गुरु डिलाराम भन्डारीलाई सम्मान गरेका हुन् ।

नेता भण्डारीले २०२४ साल देखि २०५७ सम्म ३४ वर्ष सोही विद्यालयमा अध्यापन गराएका डिलाराम भनण्डारीलाई दोसल्ला, माला र करुवा सहित सम्मान गरेका छन् ।

नेता भण्डारीले २०४५ र २०४६ सालमा उक्त विद्यालयको कक्षा १ र २ मा अध्ययन गर्दा पहिलाे गुरूको रूपमा हात समाएर अक्षर सिकाएकाले सम्मान गरेको बताएका छन् ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता