एमाले गुल्मीद्धारा गाउँकमिटिका उप–सचिवलाई कारवाही



१५ मंसिर, गुल्मी । नेकपा एमाले गुल्मीले गुल्मी क्षेत्र नम्बर १ मा चुनावमा असहयोग गरेको भन्दै कारवाही सुरु गरेको छ । जिल्लाको छत्रकोट गाउँपालिकाले गाउँकमिटिका उप–सचिव चिरन्जीवी पन्थलाई पार्टीको संगठित सदस्य पनि नरहने गरि कारवाही स्वरुप पार्टीबाट निष्कासन गरेको एमाले छत्रकोट गाउँपालिका सचिव यज्ञबहादुर पाण्डेले बताए ।
हालै सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनमा एमालेका उम्मेदवारलाई विजयी गराउन असहयोग र पार्टी हित विपरित काम गरेका कारण संगठित सदस्य पनि नरहने गरि कारवाही स्वरुप पार्टीबाट निष्कासन गरेको पाण्डेले बताए । क्षेत्र नम्बर १ मा एमाले उपमहासचिव प्रदीपकुमार ज्ञवाली गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार डाक्टर चन्द्र भण्डारीसँग १५ सय मतान्तरले पराजित भएका थिए ।
त्यस्तै प्रदेश सभा (ख) मा पनि एमालेका उम्मेदवार फर्सुराम पाण्डे पराजित भएका थिए । तर एउटा प्रदेशमा भने एमालेका उम्मेदवारले जितेका थिए । एमाले जिल्ला कमिटी गुल्मीले पनि पार्टीका उम्मेदवारलाई विजयी गराउन असहयोग गर्ने नेतृत्व तहका केहि नेतालाई कारवाही गर्ने योजना बनाएको श्रोतले बताएको छ ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता