एमसिसि विरुद्ध गुल्मीमा ६ राजनैतिक दल एकै ठाँउमा,आन्दोलनलाई थप शशक्त बनाउने निर्णय



भदौ -३० गुल्मी ।

गुल्मीमा केही दिन यता मिलेनियम च्यालेन्ज कोअपरेसन (एमसिसि) विरुद्ध छुटाछुटै आन्दोलन गरेका राजनैतिक दलहरुले अब भने संयुक्त रुपमा आन्दोलन गर्ने घोषणा गरेका छन् । एमसिसि विरुद्धको आन्दोलनलाई गुल्मीमा थप शसक्त बनाउने संयुक्त मोर्चाले निर्णय समेत गरेको छ ।

२२ दलिय गठबन्धन संबद्ध जिल्लामा क्रियाशिल विभिन्न राजनैतिक दलहरुले संयुक्त रुपमा प्रेस वक्तव्य जारी गर्दै आफ्नो धारणा सार्वजनिक गरेका हुन ।
६ दलका नेताहरुले हस्ताक्षर गरेको प्रेस वक्तव्यमा एमसिसि सम्झौता नेपालको सार्वभौमिकता, अखण्डता र असंलग्न परराष्ट नीति विरुद्ध रहेको पुष्टी गर्दै यसका विरुद्ध निरंतर संघर्ष गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।

साथै प्रेस वक्तव्यमा भनिएको छ , “राष्ट्रघाती एससिसि सम्झौता विरुद्ध गरिएको आन्दोलन दबाउन सरकार बाट गरिएको क्रियाकलापको घोर भत्र्सना गर्दछौं “, साथै एमसिसि संशोधन होइन खारेजीको माग समेत मोर्चाले गरेको छ । एमसिसि खारेज नभए सम्म निरंतर आन्दोलन गर्ने खवदारी गर्न आम जनसमुदायलाई अपिल गर्ने प्रेस वक्तव्यमा उल्लेख गरिएको छ ।
प्रेस वक्तव्यमा नेपाल कम्युनिस्ट पाटीका हिमाल शर्मा,नेकपा (मसाल) का ओमेन्द्र कुँवर , नेकपा (क्रान्तिकारी )माओवादीका अविरल,नेकपा (माले)का निर्मला पोख्रेल, राष्ट्रिय जनमोर्चाका जिवन राना र देश भक्त जनगणतान्त्रीक मोर्चाका तेजकुमारी थापाले हस्ताक्षर गरेका छन् ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता